2026-09-19 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

साउन ३, काठमाडौँ । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्ने माग गरेका हुन् । 

कोभिड–१९ ले देशको सबै क्षेत्र अस्तव्यस्त भएको र सबैभन्दा बढी शिक्षा क्षेत्रमा असर परेकाले यो क्षेत्रको समस्या समाधानको लागि राज्य जिम्मेवार हुनुपर्ने सरोकारवालाको भनाइ छ । शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले भन्नुभयो, “अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारिता बनाउनुपर्छ, विकल्प नै नभएको अवस्थामा प्रभावकारी भएन भनेर हल्ला गर्नुभन्दा पनि अब कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नुपर्छ ।” विद्यालय सञ्चालकले सरकारसँग वार्ता गर्नुभन्दा पनि अभिभावकसँग समाधानको लागि गम्भीर छलफल गर्नुपर्ने उहाँको भनाइ छ । 

अनेरास्ववियुका संयोजक ऐन महरले निजी विद्यालयले अहिले अनलाइन कक्षा बन्द गरेर उदासिनता देखाएको आरोप लगाउनुभयो । निजी विद्यालय सञ्चालकले राखेका कतिपय माग संवदेनशील रहेकाले समस्या समाधानका लागि राज्यले सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ को महामारीका कारण देश नै ठप्प रहेको र सबैभन्दा अस्तव्यस्त क्षेत्र शिक्षा भएको बताउँदै विद्यालयले अनलाइन कक्षा तत्काल सुचारु गर्नुपर्नेमा जोड दिनुभयो । 

प्याब्सनका महासचिव कुमार घिमिरेले आफूहरुले राज्यसँग सहुलियत मागे पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । एनप्याब्सनका महासचिव सुवास न्यौपानेले अनलाइन कक्षा बन्द गरेर आफूहरुले अप्रिय निर्णय लिएको भन्दै यसलाई बाध्यात्मक परिस्थितिको रुपमा बुझ्न आग्रह गर्नुभयो । संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले विद्यालय सञ्चालकले चैतभन्दा अगाडिदेखि नै शिक्षकलाई तलबभत्ता नदिएको आरोप लगाउनुभयो । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको समस्या समाधानको लागि सबै सरोकारवाला पक्षले गम्भीर पहल गरिनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई