Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा चल्ने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ६, काठमाडौँ | विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षासमेत भदौ १ बाट सञ्चालन गर्न सकिने मन्त्री परिषदले निर्णय गरेको छ । यस सम्बन्धमा सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिएका छन् ।

विद्यालय कलेज, ट्युशन सेन्टर तालीम केन्द्र सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शनी, भेला तथा सम्मेलन, सिनेमाहल, पार्टी, प्यालेस डान्सबार मनोरञ्जल स्थलहरु भने अर्को सूचना नआए सम्मका लागि सञ्चालनमा रोक लगाइएको छ । यद्यपि कोभिड–१९ को प्रभाव र त्यसको सङ्क्रमणको अवस्थाका आधारमा भदौ १ अघि नै सरकारले उक्त विषयमा निर्णय लिन सक्नेसमेत मन्त्री डा खतिवडाले जानकारी दिएका छन् ।

सरकारको निर्णय अनुसार सैलुन, ब्युटीपार्लर, स्विमिङपुल, जिमखाना, धार्मिक तथा सामाजिकस्थल, समूहमा खेलिने खेल, पुस्तकालय सङ्ग्रहालय  चिडियाखाना पनि अर्को सूचना जारी नभएसम्मका लागि सञ्चालन गर्न पाइने छैन ।

सेवा सञ्चालन भएका क्षेत्रमा भने कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ । मास्क प्रयोग गर्नुपर्ने, पटकपटक साबुन पानीले हात धुनुपर्ने, सानिटाइजरको प्रयोग गर्नुपर्नेछ । सरकारले सङ्कटका कालोबजारी र जम्माखोरी गर्ने व्यक्तिहरुलाई भने कानूनअनुसार कारवाही गर्ने जनाएको छ ।