Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २३, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ ।

प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान  दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजासम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्यसामग्रीले पूरा गर्नेछ ।”

उहाँका अनुसार सो पाठ्यसामग्री विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको छ । पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पुर्याउने जनाइएको छ । रासस