अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड

साझासवाल
1 Min Read

<p><b>भदौ २७, काठमाडौँ |</b> महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।<br></p><p>मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिका ‘डिजिटल दूव्र्यसनी’ मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । उहाँले त्यसका लागि आवश्यक ऐन, कानून र निर्देशिका बनाउन सरकार प्रतिबद्ध रहेको छ भन्नुभयो ।&nbsp;&nbsp;</p><p>चबन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले आज यहाँ आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा मन्त्री गुरुङले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो । उहाँले कोभिड–१९ को बहानामा विद्यार्थीको एक शैक्षिक सत्र खेर जान दिन नहुनेतर्फ समेत सचेत गराउनुभयो । रासस&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply