2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्काल आफु कार्यरत विद्यालय पुग्न शिक्षकहरुलाई सरकारको निर्देशन

September 27, 2020

असोज ११, काठमाडौँ | वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए ।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले शिक्षकको कोरोना भाइरस बीमा गरिएको स्पष्ट गर्दै सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए ।

शिक्षक विद्यालयमा नपुगेसम्म वैकल्पिक विधिको सिकाइ सफल हुन नसक्ने उनको भनाइ छ । अभिभावकसँग सम्पर्क कायम गरी सिकाइ सहजीकरण निर्देशिका र विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको कार्यान्वयनमा जुट्न उनले आह्वान गरे । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले