2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविको रोकिएको परीक्षा छठपछि, कसको परीक्षा कहिले ?

September 27, 2020

असोज ११, काठमाडौँ | त्रिविले कोरोनाका कहरका कारण परीक्षाहरु रोक्दै र म्याद सार्दै आएको छ । यसैबीच त्रिविले आफ्ना रोकिएका परीक्षाहरु छठपछि सञ्चालन गर्ने जनाएको छ । त्रिविले परीक्षा सञ्चालनको लागि आवश्यक तयारीको लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको जनाएको छ ।

त्रिविले छठलगत्तै परीक्षा गर्नका लागि दशैँअघि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने समेत निर्णय भएको छ । यसका लागि आवश्यक पत्राचार समेत गरिएको छ । 

परीक्षार्थीले आफ्नो घर पायक पर्ने ठाउँमा नै परीक्षा दिन पाउने व्यवस्था मिलाउने र भर्चुअल माध्यमबाट परीक्षा नहुने भएको छ । योजना अनुसार त्रिवीले परीक्षा लिनको लागि भौतिक रुपमा विद्यार्थीलाई उपस्थितनै गराएर परीक्षा लिने तयारी गरेको छ । कोरोना महामारी जारी रहंदा सुरक्षा सतर्कता अपनाएर परीक्षा लिने तयारी गरिएको त्रिविले जनाएको छ । 

त्रिविले परीक्षाको लागि यस अघिनै फारम भरेका विद्यार्थीहरुको परीक्षा पहिलो चरणमा हुने जनाएको छ । त्यसपछि बाँकी विद्यार्थीको परीक्षा हुनेछ । त्रिविको योजना अनुसार आउँदो माघसम्ममा सबै परीक्षा सम्पन्न गरेर फागुन र चैतमहिनादेखि पढाइ सुरु गर्ने तयारी गरिएको छ । 

यसै बीच कोरोना महामारीले जस्तोसुकै स्थिति लिन सक्ने भन्दै महामारी भयावह भएको अवस्थामा तोकिएको र योजना अनुसारको मितिमा परीक्षा नहुन पनि सक्ने त्रिविले जनाएको छ । कोरोनाको जोखिम कायम रहेकाले आगामी दिनको जोखिमका आधारमा परीक्षा लिने/नलिने निर्धारण हुनेछ तर हालको अवस्था कायमै रहे परीक्षा हुनेछ । यसअघिनै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितको संख्या भएमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । परीक्षा गर्ने भनिएको समयमा सक्रिय संक्रमितको संख्या बढेको अवस्था र लकडाउन गर्ने निर्णय भएमा सरकारको निर्देशन अनुसार परीक्षा अवरोध वा संचालन जे पनि हुनसक्ने बताइएको छ । साथै परिस्थिति अनुसार बिज्ञहरुसँग छलफल गरेर परीक्षा कसरी गर्ने भन्नेबारे अर्को नीति लिन सकिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ