१० चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमबाट पठनसीपमा सुधार

२७ आश्विन २०७७, मंगलवार १३:३०

असोज २७, काठमाडौँ । विद्यार्थीको सिकाइमा केन्द्रित भई शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ पाँच वर्षअघि शुरु गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले सिकाइको दायरा फराकिलो भएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइ सीपको विकासका जोड दिएको सो परियोजनाको सन् २०१८ मा गरिएको मध्यावधि मूल्याङ्कनअनुसार उक्त तहका बालबालिकाको पठनसीप र बोध क्षमतामा राम्रो सुधार भएको जनाइएको छ ।

उक्त पाँचवर्षे परियोजनाबारे मन्त्रालयले दातृ निकायका प्रतिनिधिसहित सरोकार पक्षसँग गरेको तीनदिने छलफल कार्यक्रमको पहिलो दिन आज यसका उपलब्धिबारे अवगत गराइएको हो । विसं २०७२ मा अमेरिकी सहायता नियोग युएसएआइडी नेपालको प्राविधिक सहयोगमा सञ्चालित सो परियोजना १६ जिल्लाबाट शुरु भई हाल तेस्रो चरणमा मुलुकका ३५ जिल्लामा विस्तार भएको छ ।  चौथो चरणमा ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य छ ।

छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको जनाउँदै उक्त परियोजनाले बालबालिकाको पढाइ क्रियाकलापमा सहयोग गरेको पाउँदा खुशी लागेको बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले  परियोजनाले उच्चशिक्षाका लागि दरिलो जग खडा गरेको उल्लेख गर्दै बालबालिका रमाउँदै पढ्दै गर्ने राम्रो अभ्यासको थालनी भएको बताउनुभयो ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमको एक अङ्गका रुपमा लिइएको सो परियोजनाले सामुदायिक विद्यालयको सक्षमता र गुणस्तर सुधार गर्न प्राथमिकता दिएको मन्त्रालयका सहसचिव डा तुल्सीप्रसाद थपलियाले जानकारी दिनुभयो । पाँच वर्षमा कूल ७१ मिलियन अमेरिकी डलरमध्ये २५ मिलियन युएसएआइडीले र बाँकी नेपाल सरकार तथा विद्यालय क्षेत्र विकास कार्यक्रमको पुलिङ विकास साझेदारले व्यहोर्ने उल्लेख छ । शिक्षामा कार्यरत नागरिक समाजका प्रतिनिधिले भने यस्ता परियोजना सञ्चालन गर्दा स्थानीय तह र समुदाय तथा सबै पक्षलाई परिचालन गर्न र परियोजनाका सबै विवरण पारदर्शी गर्न माग गर्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेटी टिप्ने क्रममै विवाद भएपछि राईको हत्या नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने, अमेरिकाले फेरि दियो अनुमति लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग कानुन उल्लंघन गर्नेमाथि कठोर बन्दै साउदी सरकार : एक हप्तामा २५ हजार अवैध आप्रवासी पक्राउ अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु, १५ घाइते करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन काठमाडौँमा बसले किच्दा एक व्यक्तिको मृत्यु बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो नाउपाको बैठकमा सीके राउतको सम्बोधन, रेशम र रञ्जिताबारे के भने ? भिम रावलले उठाए ओली नेतृत्वको सरकारले गरेका काममा प्रश्न प्याजको भाउ बढ्यो, कति पुग्यो किलोको? भक्तपुरमा ढुंगाले हिर्काएर एक पुरूषको हत्या तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो पश्चिमी वायुको प्रभाव कायमै, वर्षा र हिमपातको संभावना के छ ? आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव