2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिविको ४६ औं दीक्षान्त समारोहमा सम्मिलित हुन अनलाइन फाराम खुल्यो (भर्ने तरिकासहित )

कार्त्तिक १७, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले छयालीसौँ दीक्षान्त समारोहमा सम्मिलित हुन अनलाइन फाराम भर्नका लागि सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजना गरिने छयालीसौं दीक्षान्त समारोहमा सम्मिलित हुन बि.सं. २०७६ साल आषाढ १ गतेदेखि २०७७ साल जेष्ठ ३२ गते तदनुसार (सन् २०१९ जुन १५ देखि २०२० जुन १४ सम्म) मा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्कृष्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि (Ph.D) पूरा गरेका इच्छुक विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट मार्फत अनलाइन फाराम भर्नका लागि सूचना प्रकाशित गरेको छ। दीक्षान्त समारोहसम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको website: tuexam.edu.np मा हेर्न सकिनेछ।

आवेदन फाराम भर्ने विधि र आवश्यक कागजातहरु

– त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट tuconvocation.tuexam.edu.np मा राखिएको आवेदन फाराम आवेदक स्वयंले भरी इलष्लिभ बाट नै सोही Website मार्फत submit गर्नु पर्नेछ । आवेदन फाराम Internet सुविधा भएको कुनै पनि स्थानबाट तोकिएको दिनहरुमा कुनै पनि समयमा भर्न सकिनेछ ।

(Website Online फाराम १७ अक्टोबर २०२० देखि १६ नोभेम्बर २०२० गतेसम्म मात्र उपलब्ध हुनेछ ।

 उक्त अवधि भित्र मात्र कुनै पनि समयमा फाराम भर्न सक्ने समेत जानकारी गराईन्छ । बैकमा १५ नाभेम्बर २०२० भित्रमा रकम जम्मा गरिसकेको हुनुपर्नेछ ।  १६ नोभेम्बर  २०२० पछि Online फाराम स्वतः बन्द हुनेछ ।

– Online आवेदन फाराम भर्दा MRP साईजको फोटो, नागरिकताको प्रमाणपत्र वा पासपोर्ट र trascriptn Scan गरी upload गर्नु पर्नेछ ।

– Online फाराम भरिसकेपछि e-mail प्राप्त सम्पूर्ण PDF Document Print गरी सुरक्षित राख्नु पर्नेछ ।

– दीक्षान्त समारोह सम्बन्धी विस्तृत कार्यक्रमको सूचना प्रकाशित भए पश्चात् गाउन/स्कार्पm लिन आउँदा email मार्फत प्राप्त PDF Documents लाई print गरी परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाई सुरक्षित राख्नु पर्नेछ ।

– दीक्षान्त समारोहमा सम्मिलित हुन चाहने सम्बन्धित विद्यार्थीहरुले निम्नानुसार शुल्क दाखिला गर्नु पर्नेछ ।


        तह                       दीक्षान्त तथा प्रमाणपत्र शुल्क          गाउन/Convocation Cap/स्काफ धरौटी      जम्मा रु.

 क) स्नातक                         २,२००।–                     १,५००।–                                                        ३,७००।–

 ख) स्नातकोत्तर तथा एम.फिल         २,७००।–                  १,५००।–                                                ४,२००।–

 ग) विद्यावारिधि (पिएच.डी.) ३,२००।–          १,५००।–                                       ४,७००।–

– दीक्षान्त समारोहमा २ जनासम्म अभिभावक सरिक गराउन सकिनेछ । दीक्षान्त समारोहमा अभिभावक सरिक गराउने भएमा प्रति अभिभावक शुल्क रु.३००।– का दरले (फिर्ता नहुने) थप शुल्क लाग्नेछ ।

– उपरोक्तानुसारको शुल्क नेपाल वैक लि.(खाता नं.०४५००१०००९९११०००००१६) वा ग्लोवल IME वैक लि. (खाता नं. ०५०१०१००००३८९) मार्फत मात्र दाखिला गर्नु पर्नेछ ।

– वैक भौचरमा आफ्नो TU Registration Number, नाम तथा Grace Number समावेश गर्नु पर्नेछ । Grace Number को लागि tuconvocation.tuexam.com मा गई पत्ता लगाउन सकिनेछ ।

– शुल्क बुझाउँदा अनिवार्य रुपमा Transaction ID प्राप्त गर्नु पर्नेछ । सो Transaction ID प्रविष्ट गरेर मात्र दीक्षान्त फाराम भर्न सकिने छ ।

– दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको website : tuexam.edu.np मा हेर्न सकिनेछ ।

द्रष्टव्य : 

धरौटी रकमबाट रु.३००।– गाउन/स्कार्प/Convocation Cap को maintenance charge कट्टा गरिनेछ ।

दीक्षान्त समारोहको एक वर्ष भित्र आ–आफ्नो मूल प्रमाणपत्र लिनु पर्नेछ अन्यथा त्रि.वि.नियमानुसार थप जरिवान शुल्क लाग्नेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक