२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

२०७७, २८ कार्तिक शुक्रबार ०६:०५

कार्त्तिक २८, गलकोट । जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था छ । पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भए पनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । 

कक्षा १० सम्मकै अध्ययनका लागि घर छाड्नु दुर्गम गाउँका विद्यार्थीको नियति बनेको छ । दुर्गम गाउँका रूपमा रहेको रमुवामा कक्षा ८ सम्म मात्रै अध्यापन हुँदा यहाँका विद्यार्थीलाई पाण्डवखानी आउनुपर्ने समस्या रहेको गलकोट–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताउनुभयो ।  “रमुवामा कक्षा ८ सम्म मात्र पढाइ हुन्छ, त्यसपछि पाण्डवखानी माध्यमिक विद्यालय पुग्न करिब तीन घण्टा पैदल लाग्छ”, घर्तीले भन्नुभयो “आउन जान सम्भव छैन, त्यसैले त्यही स्कुल आसपासमा बास खोजेर अध्ययन गर्नुपर्ने अवस्था छ ।”

अहिले रमुवाका २० भन्दा बढी विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयको ९ देखि १२ कक्षासम्म बास खोजेर अध्ययन गर्दै आएका छन् । विसं २०३३ मा स्थापना भएको रमुवा आधारभूत विद्यालयमा १० कक्षासम्म अध्यापन गराउन सके विद्यार्थीलाई बास बस्नुपर्ने समस्या हटेर जानेछ । कक्षा १० देखि माथि नगरपालिकाको केन्द्र हटियादेखि अन्य शहर बजार गएर पढ्न सकिने भए पनि गाउँमै १० कक्षासम्मको विद्यालय सञ्चालन गर्न आवश्यक रहेको रमुवा आधारभूत विद्यालयका शिक्षक रेशम रानाले बताउनुभयो ।

रमुवा गाउँमा १२६ घर छन् । गाउँमै विद्यालय नहुँदा कक्षा ८ मात्रै अध्ययन गरेर छोडेको रमुवाका २१ वर्षीय  राजेश विकले बताउनुभयो । उहाँले चार वर्षअघि रमुवा आधारभूत विद्यालयबाट ८ कक्षा पास गर्नुभएको थियो । “गाउँमा विद्यालय भएन, बास बसेर अध्ययन गर्दा धेरै खर्च लाग्ने भएपछि विद्यालय छोड्नुपर्ने बाध्यता पर्यो”, विकले भन्नुभयो ।

कक्षा ९ र १० अध्ययन गर्न घरै छोडेर आउनुपर्ने हुँदा धेरै समस्या भोग्दै आएको पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययनका लागि कोठामा बस्दै आउनुभएका प्रेमबहादुर श्रीसले बताउनुभयो । “घरबाटै विद्यालय जान पाए धेरै खर्च जोगिन्थ्यो”, श्रीसले भन्नुभयो “घर छोडेर उच्च शिक्षा लिन पाए त हुन्थ्यो, १० कक्षा पढ्न गाउँनै छोड्नुपर्ने अवस्था छ ।” श्रीस जस्तै बास बसेर चन्द्रा पटेल, ईश्वर क्षत्रीसहित रमुवाका २२ विद्यार्थीले पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा आवासीय रूपमा अध्ययन गर्नुपर्ने समस्यामा रहेका विद्यार्थीका लागि खान र बस्नका लागि रु तीन लाख बजेट विनियोजन गरिएको वडाध्यक्ष घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार पाण्डवखानी माध्यमिक विद्यालयमा आवासीय सुविधासहितको निःशुल्क शिक्षा र रमुवामा १० कक्षासम्मको शिक्षा दिने गरी पहल भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा