२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा लोकसेवा तयारी कक्षा चलाउन नपाउने, स्वीकृति खारेज

२०७७, ७ मंसिर आईतवार १४:१४

मङ्सिर ७, काठमाडौं । निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा लोक सेवा तयारी कक्षा चलाउन अनिवार्य रूपमा सरकारको स्वीकृति लिनु पर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै लोक सेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा कर्मचारी उपस्थित भई वा अनलाइन माध्यमबाट प्रशिक्षण दिन सरकारको अनुमति लिनु पर्ने जनाएको हो ।

जसअनुसार राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) वा सोभन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीले नेपाल सरकार(मन्त्रिपरिषद्) र अन्य कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई निजी इन्स्टिच्युटमा उपस्थित भई वा अनलाइन माध्यमबाट लोक सेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन पाउने छैनन् ।

यसअघि कुनै मन्त्रालय वा निकायबाट कुनै कर्मचारीलाई स्वीकृति उपलब्ध गराइएको भएमा ती सबै आजैका मितिदेखि निष्क्रिय हुनेसमेत मन्त्रालयले जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नयाँ मापदण्ड निर्माण नभएसम्मका लागि लोकसेवा तयारी कक्षामा लिखित तथा मौखिक प्रशिक्षण दिन स्वीकृति प्रदान गर्ने प्रक्रिया अगाडि नबढाउने मन्त्रालयले जनाएको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ वमोजिम प्रदेश तथा स्थानीय तहमा समायोजन भएका निजामती कर्मचारीका हकमा समेत यही व्यवस्था लागू हुने मन्त्रालयले जनाएको छ । स्वीकृति बिना कुनै कर्मचारी प्रशिक्षण कार्यमा संलग्न भए/नभएको सम्बन्धमा सम्बन्धित सरकारी निकायहरूबाट कडाईका साथ अनुगमन गर्ने र भएको पाईएमा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा