<p><b>मंसिर १९, काठमाडौं | </b>कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने भएका छन् | २४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने भएका हुन् | <br></p><p>जसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट देखाउनु पर्ने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ | </p><p>बोर्डका अनुसार विद्यार्थीहरूले २६ मंसिरभित्र सम्बन्धित विद्यालयमा पोजेटीभ रिर्पोट सहित आफ्नो विवरण बुझाउनु पर्नेछ | विद्यालयले मंसिर मसान्तभित्र उक्त विवरण बोर्डमा पठाइसक्नुपर्नेछ | १२ को परिक्षा ९–१६ मंसिरमा भौतिक उपस्थितिमै परिक्षा लिएको थियो |</p>
December 4, 2020
काठमाडौँ - KTM, शिक्षा
कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने,के-के चाहिन्छ विवरण ?
By kit
2 मिनेट पढाइ










