Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शिक्षकको एक जिल्लाबाट अर्को जिल्लामा सरूवा रोक्का

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २१, काठमाडौं | </b>शिक्षकहरुले जिल्लान्तर सरुवा नपाउने भएका छन् | शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्का गर्ने निर्णय गरेको हो | शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले बताए |<br></p><p>'विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरुबाट जिल्लान्तर सरुवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि निर्देशानुसार अनुरोध छ |' कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्रमा भनिएको छ |</p><p>केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा पाउने छन् | शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि जिल्लागत विवरण समेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशित नहुन्जेलका लागि रोक्का गरिएको उनले बताए |</p>