पढ्न करिब 1 मिनेट लाग्छ

पुष २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल ल क्याम्पसले तीन वर्षे एलएलबीमा भर्नाका लागि १७ माघमा प्रवेश परीक्षा लिने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णयगरेसंगै क्याम्पसले प्रवेश परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो ।

शैक्षिक सत्र २०७५/७६ अन्तर्गत यसअघि नै प्रवेश परीक्षा फर्म भरिसकेकाहरुलाई मात्र समेट्ने गरि परीक्षा कार्यतालिका सार्वजनिक गरिएको हो । नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा परीक्षा केन्द्र तोकिएको ल क्याम्पसले जनाएको छ ।