2026-09-19 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १० को एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

फागुन २५, काठमाडौँ | विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो ।

यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ । बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढाइने भएको छ । कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको र कतिपय जिल्लामा जारी रहेको बताइएको छ । कोभिड–१९ का कारण पठनपाठन नभएपछि यस वर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो । विगतका वर्षमा परीक्षा चैतमा हुँदै आएको थियो । 

बोर्डले कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गतेसम्म गर्ने निर्णय गरेको जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई