२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा ‘क्युब्स इन स्पेस नासो २०२१’ आयोजना हुने

२०७७, ८ चैत्र आईतवार १०:२७

चैत ८, काठमाडौँ । अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्य गरी पहिलोपटक विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२१ ’कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रियस्तरको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । 

कार्यक्रम यही चैत २८ गतदेखि (आगामी अप्रिल १० देखि मे १५) सम्म सञ्चालन हुनेछ । पाँचहप्ते विशेष कार्यशालामा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहमा अध्ययनरत वा विद्यालय तहको पढाइ सकेका तर विश्वविद्यालय तहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्ने उहाँले बताउनुभयो । 

देशभरका विद्यार्थीको पहुँच पु¥याउने उद्देश्यले कार्यक्रमका चार हप्ता विद्यार्र्थीले घरबाटै सहभागी हुन सक्नेछन् । पाँचौँ हप्तामा भने काठमाडौँ आउनुपर्ने सोसाइटीले जनाएको छ । ‘क्युब्स इन स्पेस’ एउटा ग्लोबल इञ्जिनीयरीङ डिजाइन प्रतिष्पर्धा हो । 

यसमा विद्यार्थीले आफ्ना प्रयोग ‘नासा साउन्डिङ रकेट’ तथा ‘जेरो प्रेसर साइन्टिफिक बेलुन’ मार्फत ‘स्पेस वा नियर स्पेस इन्भाइरोमेन्ट’मा पठाउन सक्नेछन् । यसका लागि विद्यार्थीले आफ्नो योजना बनाउने, मूल्याङ्कनमा पठाउने र छनोट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को कार्यालयमा पठाउनुपर्ने हुन्छ ।

सो कार्यक्रममा सहभागिताका लागि तयारीस्वरुप नेपालमा सञ्चालन गरिने कार्यशालामा यस वर्ष ५० विद्यार्थीलाई अवसर दिन सकिने गरी अनुमति प्राप्त भएको सोसाइटीले जनाएको छ ।  सहभागीलाई अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षका बारेमा सिकाइने छ ।

विद्यार्थीलाई प्रयोगको डिजाइन गर्न लगाइनेछ । नेपालबाट छानिएका दुई क्युब्स यस वर्ष अमेरिका पठाइनेछ । यसअघि सो कार्यक्रममा ७३ देश सहभागी भइसकेका छन् । सोसाइटीमार्फत नेपाल पहिलोपटक सहभागी हुन लागेको हो ।

विश्वरभबाट छानिएर २०१ क्युब्स अन्तरिक्षमा पठाइनेछ ।  कार्यक्रममार्फत हालसम्म ९०० प्रयोग अन्तरिक्षमा पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा