2026-09-19 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलएल.बी प्रथम वर्षमा भर्नाका लागि प्रवेश परीक्षाको आवेदन खुल्यो

साउन ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानून संकाय डीनको कार्यालयले एलएल.बी प्रथम बर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्न पुन: आवेदन खुलाएको छ । डीनको कार्यालयले आज एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७६।७७ को लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहनेहरुका लागि पुन:आवेदन खुलाएको हो ।

यसअघि पनि डीन कार्यालयले २०७८ साल बैशाख १४ गते मंगलवार देखि २०७८ साल जेष्ठ १३ गते बिहिबारसम्म आवेदन खुलाएको थियो तर कोभिड-१९ संक्रमण बधाई गएपछि निषेधाज्ञा लगाईएसंगै आवेदन बन्द गरिएको थियो ।

आवेदन फाराम वितरण र दर्ता  साउन ८ अर्थात् आजदेखि  पुन : सुचारु गरिएको डीन कार्यालयले जनाएको छ । कानून संकाय अन्तर्गत स्नातक तहको एलएल.बी पठन पाठन हुने क्याम्पस तथा कलेजहरुमा आवेदन फाराम उपलब्ध हुने तथा बुझाउन सकिनेछ ।

प्रवेश परीक्षा फारम तथा परीक्षा दस्तुर एक हजार दुई सय लाग्नेछ । भर्ना हुनका लागि न्यूनतम शैक्षिक योग्यता त्रि.वि. बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह पास गरेको हुनुपर्नेछ ।

परीक्षा सम्बन्धि थप जानकारीको लागि डीन कार्यालयको सूचना पाटी वा वेभसाईट www.fol.edu.np मा पनि हेने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई