Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दक्षिण कोरियाद्वारा नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १९, काठमाडौँ | दक्षिण कोरियाले नेपाल सहित बिभिन्न २६ देशमा विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ ।

डेल्टा भेरियन्टसहित कोरोना सङ्क्रमण दर उच्च भएपछि कोरिया अध्ययन गर्न जाने २६ देशका विद्यार्थीलाई तत्काल प्रवेश नगर्न भनिएको छ । कोरियामा आउँदो सेप्टेम्बरदेखि कलेजहरूमा दोस्रो सेमेस्टर सुरु हुँदैछ । तर कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो ।

सेप्टेम्बरको अन्त्यसम्म आफ्ना ७० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य पूरा हुने र त्यसपछि प्रवेश खोल्ने पनि मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाले नेपालसहित भारत, बङ्गलादेश, यूएईलगायत देशका विद्यार्थीलाई रोकिएको छ ।