शैक्षिक सुधारका लागि रु १० लाख सहयोग गर्ने अध्यक्ष ओलीको घोषणा

साझासवाल
1 Min Read

भदौ ४, काठमाडौँ (रासस)।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–१९ मा स्थापित ‘वडाध्यक्ष शैक्षिक विकास’का लागि रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उक्त वडामा कुनै पनि बालबालिका आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडाध्यक्ष उत्तमबहादुर राउतले आफूले पाउने तलब सुविधा जम्मा गरी कोषको थालनी गरेको हो । निर्माणाधीन सो वडास्थित भिराडिल खाइके साकुरा पार्क अवलोकनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो धर्तीमा काम नलाग्ने कुनै पनि त्यस्तो मानिस, वस्तु  वा ठाउँ हुँदैन, त्यसको उदाहरण यो पार्क हो ।”

कार्यक्रममा अध्यक्ष ओलीका श्रीमती राधिका शाक्य, सांसद कृष्णगोपाल श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

Share This Article
Leave a Comment

Leave a Reply