Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शुल्क विवादले इञ्जिनीयरिङ सङ्कायको परीक्षा अन्यौलमा

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

सञ्चिता घिमिरे । भदौ ८, काठमाडौं (रासस)। इञ्जिनीयरिङ कलेजहरुले अनलाइन कक्षा सञ्चालन भएको बेलामा पनि खेलकूदलगायतका अतिरिक्त क्रियाकलापको शुल्क माग गरेपछि उत्पन्न बिबादका कारण परीक्षा अन्यौलमा परेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका १० निजी कलेजमा विद्यार्थीले अनलाइन कक्षा पढिरहँदा प्रशासनले खेलकूद, भ्रमण, प्रयोगशाला, पुस्तकालयलगायत शीर्षकमा शुल्क लिइरहेका छन् । परीक्षाभन्दा पहिले शुल्क सबै तिर्नुपर्ने भए पनि विद्यार्थीले आफूहरु सहभागी नभएका क्रियाकलापमा शुल्क लिन नहुने भन्दै त्यसको विरोध गरेका छन् । कलेजमा धर्ना गरिरहेका विद्यार्थीले यी माग सम्बोधन नहुँदासम्म परीक्षा सञ्चालन गर्न नहुने बताउँदै आएका छन् । स्नातक तहको सबै वर्षको परीक्षा अर्काे महिनाको पहिलो साता गर्ने तयारी रहेको छ ।

चालू आवमा पनि गत वर्ष भौतिक कक्षा हुँदा जसरी नै शुल्क लिन खोजिएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियू) का सचिवालय सदस्य इन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार कलेजमा कोभिडका कारण अतिरिक्त क्रियाकलाप नभए पनि त्यसको शुल्क लिइरहेका छन् । कलेजले औसतमा एक सेमेस्टरको एक लाखसम्म लिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै एउटा शीर्षकको शुल्कमा छुटभन्दा पनि समग्रमा नै विद्यार्थीलाई राहत हुने गरी छुट हुनुपर्छ ।”

कोभिडका कारण अभिभावकको आम्दानी कम भएकाले पनि विद्यार्थीसँग बढी शुल्क लिन नहुने पौडेलले बताउनुभयो । विद्यार्थीसँग बढी शुल्क लिए पनि अनलाइन कक्षा हुँदा कुनै पनि प्रयोगात्मक भएको छैन । इञ्जिनीयरिङ विषय भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीले केही सिक्न नसक्ने पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले इञ्जिनीयरिङका विद्यार्थी अरु सङ्कायमा पढे जस्तो भएको छ ।”

शुल्क विवाद चाँडो समाधान नभएमा स्नातक तहका सबै वर्षको परीक्षालाई असर गर्ने नेपाल विद्यार्थी सङ्घका नेता भुवन भट्टले बताउनुभयो । कुनै पनि प्रयोगात्मक नहुँदा एकातिर विद्यार्थीले सिक्न सकेका छैनन् भने कलेजले  प्रयोगात्मक क्रियालापहरुको शुल्क लिइरहेका छन् । कलेजले आधा शुल्क घटाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अनलाइन कक्षा हुँदा कलेजको पनि लगानी कम भएकाले विद्यार्थीसँग पनि कम शुल्क लिनुपर्छ ।”

शुल्क छुट गर्नुपर्ने माग गर्दै विद्यार्थीले कुनै कलेजमा धर्ना गरिरहेका छन् भने कतै तालाबन्दी गरेका छन् । कुनै कलेजमा सबै विद्यार्थी सङ्गठनले संयुक्त रुपमा त कतै फरक फरक सङ्गठनले फरक कार्यक्रम गरिरहेका छन् । विद्यार्थीले आआफ्नो कलेज र संस्थानको कार्यालयमा आन्दोलन गरिरहेका हुन् ।

विद्यार्थीले केही साता पहिलेदेखि आन्दोलन गरिरहँदा पटकपटक इञ्जिनीयरिङ अध्ययन संस्थानलाई समन्वयका लागि अनुरोध गरिरहेको छन् । विद्यार्थीले संस्थानले समन्वयमा चासो नदिएको आरोप लगाएका छन् भने संस्थानले कलेजसँग वार्ता भइरहेकाले समाधान निस्कने अपेक्षा गरेको जनाएको छ । संस्थानले फारम भर्ने मिति आजसम्मका लागि तोकेको छ । विद्यार्थीले ११ गतेसम्म अतिरिक्त शुल्क तिरेर फारम भर्न पाउनेछन् ।

संस्थानले निजी कलेजलाई शुल्क घटाउन भनेको र कलेज पनि त्यसमा सहमत भएको संस्थानका डिन शशिधरराम जोशीले बताउनुभयो । कलेजले चाँडो विवाद समाधान गरेर समयमा नै परीक्षा हुने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही विद्यार्थीको आन्दोलनका कारण १९ हजारलाई असर पुग्न दिनुहुँदैन ।”

त्रिभुवन विश्वविद्यालयका पाँच आङ्गिक कलेजमा शुल्क समस्या नभए पनि निजी कलेज खुलेदेखि नै शुल्कमा समस्या देखिन थालेको हो । विसं २०५० मा विश्वद्यिालयले निजी कलेजलाई सम्बन्धन दिन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही वर्ष पहिले ती कलेजहरुले अधिकतम कतिसम्म शुल्क लिन पाउँछन् भनी मापदण्ड बनाएको थियो । सरकारले निर्धारण गरेको मापदण्डभन्दा बढी शुल्क लिँदाबाहेक संस्थानले हस्तक्षेप गर्न नमिल्ने डिन जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा मन्त्रालयले तोकेको आधारमा शुल्क लिँदा हामीले केही गर्न मिल्दैन ।”