2026-09-19 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय पाठ्यक्रममा रम्दै छात्र/छात्रा

असोज १६ , खोटाङ , न्युज कारखाना । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा कक्षा ५ मा अध्ययनरत छात्रा अर्चना खत्री विद्यालयमा साथीभाईसँग लट्ठी नाच नाच्छिन् । कक्षा शिक्षक नूरकाजी शैंजू ढोल बजाइरहेका हुन्छन् । अर्चना कक्षाका साथीहरुसँग ढोलको तालमा हातमा लट्ठी समाएर लट्ठी नाच नाच्छिन् । 

विद्यालयको छतमा सामूहिक रुपमा लट्ठी नाच नाच्दा रमितलाग्दो दृश्या देखिन्छ । झट्ट हेर्दा लट्ठी नाचले लाखेजात्राको सम्झना दिलाउँछ । लट्ठी नाच नेवार समुदायको साँस्कृतिक नाच हो । लाखेजात्राका बेला नेवार समुदायले नाच्ने लट्ठी नाच विद्यालयमा नाच्दा कतिपय अलमलमा पनि पर्ने गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय पाठ्याक्रममा विभिन्न जातजातीको साँस्कृतिक सम्पदा सम्वन्धी विषयवस्तु समावेश गरेको छ । सोही पाठ्याक्रममा नेवार समुदायको लट्ठी नाच सम्वन्धी विषयवस्तु समेटिएको छ । सोही पाठ्याक्रम अनुसारको पठन–पाठनका क्रममा विद्यार्थीलाई लट्ठी नाच नचाउने गरिएको सरस्वती माविका शिक्षक शैंजूले बताए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्थानीय पाठ्यक्रम प्रकाशन गरी विद्यालयमा पुग्न बाँकी नै छ । स्थानीय पाठ्क्रमका विषयमा केही समयअघि नगपालिकाले आयोजना गरेको गोष्ठीमा दिइएको जानकारीअनुसार स्थानीय पाठ्याक्रमको रुटिन व्यवस्था गरेर पठन–पाठन सुरु गरिएको शिक्षक शैंजूले बताए । नगरपालिकाले कार्यान्वयनमा ल्याएको स्थानीय पाठ्याक्रममा विद्यार्थी रमाइलो मान्दै सिक्ने गरेका छन् । लट्ठी नाचले विद्यार्थीको संस्कृति सम्वन्धी बुझाई, सीप र कलामा विकास हुनुका साथै शारीरिक कसरत समेत हुने गरेको छ । स्थानीय पाठ्याक्रमले अन्य समुदायका विद्यार्थीलाई नेवार समुदायको संस्कृतिका बारेमा जानकारी लिन मद्दत मिलेको छात्रा खत्री बताउँछिन् । 

खोटाङमा १० स्थानीय तह छन् । तर, स्थानीय तह कार्यान्वयनमा आएको चार वर्ष वित्न लाग्दासमेत स्थानीय पाठ्यक्रम कार्यान्वयन प्रभावकारी हुन सकिरहेको छैन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने कार्यकालको अन्तिम चरणमा स्थानीय पाठ्क्रम तयार गरेर लागू गरेको हो । ‘विभिन्न जातिको संस्कार संस्कृतिअन्तर्गत नेवार समुदायको लाट्ठी डान्स सिकाइएको हो । यसलाई राज्यमा आपत परेको बेला वा मानव जातिलाई विपद् परेको बेला लट्ठीबाट खेद्ने भनेर तर्साएको संकेतका रुपमा लिइन्छ,’ शैंजूले भने, ‘यसमा सीप र ज्ञानयुक्त शारीरिक कसरत हुन्छ । लट्ठी मिस्टेक भए साथीको टाउकामा लाग्न सक्छ । सामुहिक भएको हुनाले जोगिएर टाइमिङमा खेल्नुपर्छ । अत्यन्त एक्सरसाइज हुन्छ । विद्यार्थीले टाइमिङ केहो भन्ने बारेमा जानकारी पाउँछ ।’

क्रमशः विभिन्न जातजातीको संस्कार सम्बन्धीको पढाइ हुने विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई