2026-09-19 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करार शिक्षकलाई स्थायी गरिए सशक्त प्रतिरोधमा उत्रने चेतावनी !

मंसिर २३, काठमाडौं | त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने विषयमा गरेको निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन्। बिहीबार बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले आन्तरिक प्रतिस्पर्धाका नाममा गरिने यो प्रक्रियाले विश्वविद्यालयका गुणस्तर खस्किने भएकोले उक्त निर्णय खारेज गर्न माग गरेको हो।

‘त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गर्दछौं,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिन चाहन्छौं।’

विद्यार्थी संगठनले यो विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको खेद व्यक्त गरेको छ। विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता जनाउन संयुक्त विज्ञप्तिमा प्रदर्शनको तयारी गरेको जानकारी गराइएको छ। शुक्रवार दिउँसो कीर्तिपुरमा प्रदर्शनसहित सभा गर्ने निर्णय बैठकले गरेको हो। आफूहरूको माग विपरीत करार शिक्षकलाई स्थायी गरिए सशक्त प्रतिरोधमा उत्रने पनि चेतावनी दिएका छन्।

विद्यार्थी संगठनले नर्सिङको भर्ना तत्काल खुलाउन माग गरेका छन्। सँगै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कबाहेक थप शुल्क उठाउने मेडिकल कलेजलाई कारबाहीको माग गरिएको छ। संयुक्त विज्ञप्तिमा नेविसंघ अध्यक्ष, राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, समाजवादी विद्यार्थी युनियन, अध्यक्ष वसिम आलम, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, प्रकाश शाही र अखिल छैठौंका देवेन्द्र कुवरले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई