2026-09-19 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्राध्यापक कुट‍्ने विद्यार्थीलाई कारबाहीको माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले निकाल्यो विज्ञप्ति

पुस ७, काठमाडौँ | काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा परीक्षा हलभित्रै मंगलबार आपराधिक घटना भयो- गार्ड बसेका शिक्षकमाथि एक विद्यार्थी ले आक्रमण गरे | घटनामा संग्लग्न दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै सयुक्त शिक्षक संगठनले पठनपाठन नगर्न मंगलबार बिज्ञप्ति निकालेको थियो | प्राध्यापकमाथि हुने घटनाको अनेरास्ववियू (अखिल) क्रान्तिकारीले दोषीमाथि कडा कारबाहीको माग गर्दै एक बिज्ञप्ति जारी गरेको छ | अखिल नेपाल राष्ट्रिय बिद्यार्थी यूनियन(क्रान्तिकारी) आर आर क्याम्पसका अध्यक्ष शिशिर बस्यालको अध्यक्षतामा कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरिएको हो |  उक्त घटनामा संग्लग्न नेकपा एमाले ओली निकट विद्यार्थी सङ्गठन (अखिल) अनेरास्ववियुका कार्यकर्ता बाट क्याम्पसमा प्राध्यापकमाथि साङ्घातिक आक्रमण गरिएको पुष्टि भएको छ । ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा भइरहेको हलभित्र छिरेका विद्यार्थी कुवेर जेठाराले गार्ड बसेका लेक्चरर प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए |

पहिलो वर्षका विद्यार्थीको परीक्षा भए पनि दोस्रो वर्षमा पढ्ने जेठारा परीक्षा हलभित्र छिरेका थिए। उनी जबरजस्ती परीक्षा हलभित्र छिरेपछि उनलाई पुडासैनीले बाहिर निकाल्न खोजेका थिए |

परीक्षा नै नभएका विद्यार्थी हलभित्र छिरेपछि पुडासैनीले निकाल्न खोज्दा विवाद भएपछि विद्यार्थी कुटपिटमा उत्रिएका थिए |

‘ती विद्यार्थीले तीर्खा लाग्यो भन्दै पानी भएको स्टिलको जग उचाले,’ आरआर क्याम्पसका बिहानी सत्र सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद आचार्यले भने, ‘त्यसपछि त्यही जगले शिक्षकको टाउकोमा प्रहार गर्‍यो | उसलाई २०/२५ मिनेट जति सबैले घेरेर राखे केहीबेरमा पिसाब लाग्यो शौचालय जान्छु भन्यो | शिक्षक रूममै रहेको अट्याच बाथरूममा जान दिइयो, भित्रबाट ढोका लगाएर ऊ शौचालयकै झ्यालबाट भाग्यो |’ परीक्षा चलिरहेका बेला उनले प्राध्यापक पुडासैनीमाथि कुटपिट गरेको क्याम्पसका उपप्रमुख गोविन्दप्रसाद आचार्यले जानकारी दिए | शिक्षकमाथि जग प्रहार गरेपछि घटनाबारे छलफल भइराख्दा बीचमै विद्यार्थी जेठारा शौचालय गएका थिए | ‘जोखिम लिएरै ऊ शौचालयको झ्यालबाट छिरेर भागेको हो, अहिलेसम्म पक्राउ परेको छैन,’ आचार्यले भने, ‘प्रहरीमा जाहेरी दिइएको छ।’

विद्यार्थीले अर्कै शौचालय जाने अडान लिए पनि शिक्षक कोठाभित्रै रहेको शौचालय पठाइएको थियो। शिक्षकलाई कुटपिट गर्ने विद्यार्थी जेठारालाई कारबाही गर्नेबारे क्याम्पसले अहिलेसम्म केही निर्णय लिइसकेको छैन |

” यस आर आर क्याम्पसमा मिति २०७८ साल पुस ६ गतेका दिन क्याम्पस हाताभित्र एकजना अराजक बिद्यार्थीले गुण्डागर्दी तवरले शिक्षक जस्तो सम्मानित व्यक्तित्वलाई दुर्व्यबहार गरेको कुरा सार्वजनिक भयो | विश्वविद्यालय जस्तो शान्तिको क्षेत्र र वैचारिक मन्थन गर्ने थलोमा अराजक गतिबिधि र गुण्डागर्दी हुने कुरा अत्यन्तै लज्जास्पद र खेदजनक छ | यस घटनाको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ | क्याम्पस जस्तो शान्तिपूर्ण र सार्वजनिक क्षेत्रमा शिक्षकको जस्तो सम्मानित ब्यक्तित्वको सुरक्षा हुन सक्दैन भने आम बिद्यार्थीमाथि कस्तो असर पर्ला ? यसको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्छ | साथै शिक्षकको असुरक्षाको महसुस गरेर अध्यापनको कामलाई रोक्नुभएको छ | यसले आम बिद्यार्थीमाथि ठुलो असर परेको छ | त्यसैले यस घटनाको गम्भीरतालाई लिएर क्याम्पस प्रशासनले शिक्षकमाथि गुण्डागर्दी तवरबाट हमला गर्नमा संग्लग्न अराजक विद्यार्थीलाई हदै सम्मको कारबाही गरोस् र शिक्षकको सुरक्षाको प्रत्याभूति लागि शिक्षकहरुको माग पुरा गरि क्याम्पसले अध्यापन कार्यालाई याथाशिघ्र संचालनको लागि पहल चालोस् | यदि प्रशासनले यस घटनालाई गम्भिरतापुर्बक नलिएको खण्डमा सिर्जना हुने परिस्थितिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुनेछ | ” बिज्ञप्तिमा उल्लेख छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई