2026-11-02 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरआरका उपप्राध्यापकसहित त्रिविका चार कर्मचारीलाई स्पष्टीकरण

पुस २४, काठमाडौँ | रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का एक उपप्राध्यापकसहित चार कर्मचारीलाई त्रिभुवन विश्वविद्यालयले स्पष्टीकरण सोधेको छ । 

उपप्राध्यापक तथा कर्मचारी स्वीकृतबेगर बिदा बसेपछि त्रिविले ३५ दिने स्पष्टीकरण सोधेको हो । 

चार कर्मचारीले आचरणविपरीत कार्य गरेकाले त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार स्पष्टीकरण सोध्ने निर्णय भएको त्रिवि कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । 

स्पष्टीकरण पेस गर्न सूचना जारी गरिएकामा चिरञ्जीवी काफ्ले, लेखा सहायक सावित्रा गौतम, मुख्य प्राविधिक सहायक सुजन गुरुङ र कार्यालय सहयोगी शर्मिला डंगोल छन् । 

यीमध्ये दुई रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा कार्यरत हुन् । उपप्राध्यापक काफ्ले ०७४ जेठ २ देखि ०७५ जेठ १ गतेसम्म १ वर्षको अध्ययन बिदा स्वीकृत गराएर विदेशिए पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । गौतमचाहिँ बेतलबी बिदा स्वीकृत नगराई बसेको त्रिविले जनाएको छ । 

गुरुङ चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालय, महाराजगञ्ज र डंगोल सामान्य प्रशासन महाशाखा, कीर्तिपुरमा दरबन्दी रहेका कर्मचारी हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द