पुस २६, काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । 

‘इयुटी प्लस’ एलाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । 

‘इयुटी प्लस’ एलाय"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा इन्जिनीयरिङ कलेज र र ‘इयुटी प्लस एलायन्स’का बीच सम्झौता

पुस २६, काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । 

‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्तात् युनिभर्सिटी अफ एप्लाइड साइन्स (जर्मनी), रिगा टेक्निकल युनिभर्सिटी (लाट्भिया), टेक्नोलोजिकल युनिभर्सिटी अफ डब्लिन (आरयल्याण्ड), टेक्निकल युनिभर्सिटी अफ सोफिया (बलगेरिया), पोलिटेक्निकल युनिभर्सिटी अफ कार्ताहेना (स्पेन), टेक्नोलोजिकल युनिभर्सिटी अफ ट्रोयस (फ्रान्स) र टेक्नोलोजिकल युनिभर्सिटी अफ क्लुज नापोका (रोमानिया) छन् । 

अध्ययन अध्यापन तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरमा अब्बल साबित ती विश्वविद्यालयसँगको सम्झौता  कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीको क्षमता तथा गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताइएको छ । युरोपियन युनियनअन्तर्गत ‘इरासमस प्लस प्रोग्राम’को आर्थिक सहयोगमा सगरमाथा इन्जिनियरिङ कलेजलगायत स्पेन, पोर्चुगल, भारत र नेपालका नौ उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाबीचको सहकार्यमा सञ्चालन भइरहेको दुई वर्षीय आयोजना ‘इन्टरनेशनलाई जेशन अफ हायर एजुकेशन इन्स्टिच्युटसन इन नेपाल एण्ड इन्डिया (इन्टरनेपिण्ड)’द्वारा स्पेनमा आयोजित एक महिने तालिम कार्यक्रममा सहभागी हुने क्रममा कलेजका प्राचार्य इ रमेश श्रेष्ठले ती युरोपियन विश्वविद्यालयको छाता संस्था इयुटी प्लस एलायन्ससँग सम्झौता गर्नुभएको हो ।     

कलेज र ती विश्वविद्यालयबीच विद्यार्थी, शिक्षक तथा कर्मचारी आदानप्रदान, अध्ययन, अध्यापन, अनुसन्धान तथा तालिम तथा विभिन्न परियोजनामा सहकार्य, छात्रवृत्तिका कार्यक्रम सञ्चालनलगायतका विभिन्न कार्यक्रम संयुक्तरुपमा सञ्चालन हुने व्यहोरा सम्झौतामा उल्लेख छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य श्रेष्ठले भन्नुभयो, “इयुटी प्लस एलायन्ससँग द्विपक्षीय सम्झौतामार्फत युरोपका विभिन्न विश्वविद्यालयसँग जोडिन पाउनु सगरमाथा इन्जिनियरिङ कलेजका लागि गौरवको विषय हो । यसले कलेजको क्षमता तथा समग्र शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पु¥याउनेछ । साथै कलेजले विगत एघार वर्षदेखि प्रदान गर्दै आइरहेकोे इन्जिनियरिङ शिक्षालाई थप गुणस्तरीय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउन यसबाट सहयोग मिल्नेछ ।”

उहाँका अनुसार ‘इरासमस प्लस प्रोग्राम’ अन्तर्गत विगत चार वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा कलेज सहभागी हुँदै आएको र हाल तीन परियोजना ‘अ स्टेप फर्वाड इन इन्टरनेशनलाईजेशन अफ हायर एजुकेशन इन्स्टिच्यूटसन इन नेपाल एण्ड इन्डिया’ (इन्टर नेपिण्ड)’, ‘नेपाल भुटान हायर एजुकेशन फर अकम्पलिसिङ द सस्टेनबल डेभलमेन्ट गोल्स’ (बि प्लस एन ईयसडिजी) र ‘स्टे«न्थेनिङ प्रोब्लम् बेसड् लर्निङ इन साउथ एशियन युनिभर्सिटिज’ (पिबिएल–एसए) तथा दुई मोबिलिटी कार्यक्रम सञ्चालमा रहेको छ । यसबाट कलेजलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी अभिवृद्धि गर्न तथा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई विभिन्न किसिमका शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संयुक्तरुपमा सहभागी गराई क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।

एक दशकमा नै उल्लेख्य सफलता 

स्थापनाका एक दशकमा नै कलेजले इन्जिनियरिङ शिक्षाको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको छ । गुणस्तरीय इन्जिनियरिङ जनशक्ति स्वेदशभित्र नै उत्पादन गर्ने, इन्जिनियरिङ विधाका विविध विषयमा अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने गराउने ध्येयले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त गरी विसं २०६७ देखि कलेज सञ्चालनमा आएको हो । सुरुआत वर्षदेखि स्नातक तहअन्तर्गत सिभिल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनीयरिङ कार्यक्रम र विसं २०७४ देखि सोही तहमा कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आइरहेको कलेजले एक दशक अवधिभित्रै उल्लेख्य सफलता हासिल गरेको र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीको स्वभाविक रोजाइमा परेको प्राचार्य श्रेष्ठले सम्मेलनमा जानकारी दिनुभयो । उहाँले  भन्नुभयो, “यस कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीले बेरोजगार बस्नुपरेको छैन । उनीहरु उच्च मनोबल तथा दक्षताका साथ विभिन्न क्षेत्र तथा सरकारी÷गैरसरकारी निकायमा कार्यरत छन्, कि त देश विदेशका विश्वविद्यालयमा अध्ययनरत छन् ।”

दुई दशकभन्दा बढी समयदेखि इन्जिनियरिङ शिक्षा क्षेत्रमा शिक्षक तथा व्यवस्थापकका रुपमा सम्लग्न उहाँले भन्नुभयो, “कलेजमा कार्यरत हामी अनुभवी शिक्षक नै यस कलेजका प्रवद्र्धक हौँ, हामी प्रवद्र्धक नै दिनानुदिन विद्यार्थीलाई अध्ययन अध्यापन गराउने कार्यमा संलग्न हुने गर्दछौँ । शिक्षकको साझा भावना, एकता, व्यवस्थापन तथा नेतृत्वबाट नै कलेज सञ्चालित छ र यसको प्रत्यक्ष लाभ विद्यार्थीहरुले प्राप्त गरिरहेका छन् ।” कलेजमा इलोक्ट्रोनिक्स इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा एप्लाइड साइन्स विभागमा अनुभवी शिक्षक कार्यरत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विद्यार्थीलाई विश्वविद्यालयद्वारा तोकिएको पाठ्यक्रमको परिधिभित्र मात्र सीमित नराखी उनीहरुको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आवश्यक सीपमूलक तालिम, विषयविज्ञसँग प्रत्यक्ष अन्तक्र्रिया, विभिन्न कार्यशाला गोष्ठी तथा प्रतियोगितामा विद्यार्थीलाई सहभागिता गराउने ध्येयले कलेजले ‘सगरमाथा करियर सेन्टर’ स्थापना गरेको छ । सेन्टरले रुचि र चाहनाअनुसार विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै आएको छ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित आफ्नै जग्गामा आवश्यक सम्पूर्ण पूर्वाधारसहितको भवन निर्माण गरी यथाशक्य चाँडो कलेज स्थानान्तरण गर्ने उद्देश्यले कलेजले अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक