६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्। Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्।
2026-11-02 05:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन-कुन विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा लिने ?

६ माघ, काठमाडौं । विश्वविद्यालयहरुले स्नातक तहको वार्षिक परीक्षा अहिले सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (टीयू) र पूर्वाञ्चल विश्वविद्यालय (पीयू)ले ओमिक्रोन भाइरसको तीव्र संक्रमण बाबजुद परीक्षा रोकेका छैनन्।

संक्रमण बढ्दा पनि भौतिक उपस्थितिमा परीक्षा दिनैपर्ने बाध्यता सिर्जना गरिएको र मापदण्ड पालना नगरिएको गुनासो विद्यार्थीहरुले गरिरहेका छन् । तर टीयू, पीयू र शिक्षा मन्त्रालय पनि परीक्षा नरोक्ने पक्षमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हित हुने भएकाले परीक्षा नरोक्ने निर्णय गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने ‘अहिले कोही संक्रमित नभएको अवस्था देखिएन ।

संक्रमितमध्ये अधिकांशलाई सामान्य लक्षण मात्रै देखिएको भन्ने पनि आएको छ । त्यसैले परीक्षा नरोक्दा धेरै विद्यार्थीको हितमा देखिएपछि परीक्षा नरोक्ने निर्णय गरेका हौं ।’

संक्रमितलाई छुट्टै कक्ष

संक्रमित विद्यार्थीले परीक्षा दिन चाहेमा केन्द्राध्यक्षले छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विद्यार्थीले पछि छुट्टै परीक्षा दिन पाउने व्यवस्था भने विश्वविद्यालयले आफैंले निर्णय गर्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका काठमाडौं स्कुल अफ ल -केएसएल)मा पाँच वर्षे बीएएलएलबीका परीक्षार्थीहरू संक्रमितसँगै राखिएको भन्दै बुधबार आन्दोलित भए । अहिले विद्यार्थीहरु संक्रमणको उच्च जोखिम भएकाले परीक्षा स्थगित गर्न माग गरिरहेका छन् । तर त्रिवि, पीयू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय परीक्षा स्थगित गर्ने पक्षमा छैनन् ।

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहन बस्नेतले परीक्षा केन्द्रहरुलाई लक्षण देखिएका विद्यार्थीहरुलाई छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको बताए । तर केही विद्यार्थी संक्रमित भएकै कारण परीक्षा स्थगित गर्ने र संक्रमित विद्यार्थीले पछि परीक्षा दिन पाउने व्यवस्थाबारे कुनै पनि निर्णय नभएको बताए ।

‘हामीले परीक्षा केन्द्रहरुलाई रुघाखोकी लागेका विद्यार्थीको लागि छुट्टै कक्षमा राखेर परीक्षा गराउन निर्देशन दिएका छौं,’ उनले भने ‘तर परीक्षा स्थगित अथवा संक्रमितले पछि परीक्षा दिन पाउने भन्ने विषयमा निर्णय गरेका छैनौं । विद्यार्थीले संक्रमित भएको प्रमाण पेस गरेको अवस्थामा विश्वविद्यालयले पक्कै निर्णय गर्छ ।’

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुषालले सञ्चालन भइरहेका अथवा माघभित्रै सञ्चालन हुने परीक्षा स्थगित नहुने बताए । उनले भने ‘सामान्तया परीक्षा स्थगित हुँदैन । अहिले स्थगित हुने हो भने झन् भद्रगोल हुने अवस्था छ । त्यसैले सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन हुन्छ ।’

त्रिविले परीक्षा केन्द्रहरुलाई सामान्य संक्रमितलाई छुट्टै आइसोलेसन कक्षको व्यवस्था गर्न निर्देशन दिएको छ । गम्भीर संक्रमितलाई भने केही पछि परीक्षा दिन पाउने गरी व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

अहिले त्रिविले चार वर्षे बीएस्सी तहको परीक्षा सञ्चालन गरिरहेको छ भने तीन वर्षे एलएलबीको परीक्षा यही माघ १० गतेदेखि गर्ने तयारी छ ।

केयूको परीक्षा स्थगित

काठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको जनाएको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका सहप्रवक्ता उद्धव प्याकुरेलले जानकारी दिए । उनले भने, ‘२ गतेदेखि हुन लागेको काठमाण्डौं युनिभर्सिटी कलेज अफ म्यानेजमेन्टको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेका छौं ।’

विश्वविद्यालयले लिने कुनै पनि परीक्षामा विद्यार्थी संक्रमित भएको प्रमाणपत्र पेस गरे सेमेस्टर अथवा वर्ष नगुम्ने गरी तत्काल परीक्षाको व्यवस्था गर्ने निर्णय समेत गरेको प्याकुरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द