Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

के शिक्षकमा आवेदन दिइसकेकाले परीक्षा केन्द्र परिवर्तन गर्न सक्छन् ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १२, काठमाडौँ | शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यममिक र माध्यमिक तहमा साढे १७ हजार शिक्षक स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । माध्यमिक र निम्नमाध्यमिक तहको आवेदन दिने म्याद गुज्रिसकेको छ भने प्राथमिक तहको भोलिसम्म बाँकी छ ।

शिक्षक सेवा आयोगका अनुसार, विभिन्न तहको शिक्षक बन्न आकांक्षा देखाएर साढे दुई लाख बढीले आवेदन दिइसकेका छन् । प्राथमिक तहमा आवेदन दिने समय अझै बाँकी रहेकाले यो संख्या थप बढ्ने छ ।

शिक्षकमा आवेदन दिएकामध्ये कतिपयले परीक्षा केन्द्र परिवर्तनबारे चासो राखेका छन् । के आवेदन बुझाइसकेका आवेदकले परीक्षा केन्द्र परिवर्तन गर्न मिल्छ ?

शिक्षक सेवा आयोगका सूचना अधिकारी उप–सचिव सुदर्शन मरहठ्ठा एक पटक परीक्षा केन्द्र निर्धारण गरिसकेकाले पुनः बदल्न नमिल्ने बताउँछन् ।

‘आवेदन बुझाइसकेकाले जुन परीक्षा केन्द्र छनौट गरेका छन्, त्यही गएर परीक्षा दिनुपर्छ । अहिले प्रतिकूल भयो भनेर परिवर्तन गर्न मिल्दैन,’ उनले भने ।