२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीलाई छात्रवृति दिने सहमति कार्यान्वयन नगरेको भन्दै त्रिविमा नेविसंघको तालाबन्दी

२०७८, १३ माघ बिहीबार १०:२६

माघ १३, काठमाडौँ | विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो ।

उनीहरुले आर्थिक अभावका कारण विद्यार्थीहरुमा गरिएको विभेद अन्त्य गर्न र महङ्गो कोर्स पढ्न नसक्ने विद्यार्थीका लागि छात्रबृति प्रदान गर्ने विषयमा संघ र त्रिविबीच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै उनीहरुले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सबै क्याम्पसको शूल्कमा एकरुपता ल्याउन माग गरेका छन् । त्यस्तै केही क्याम्पसले छात्रबृतिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्बन्धन खारेज गरि आवश्यक कारवाही गर्न माग गरिएको नेविसंघ नेता दीपक ओझाले जानकारी दिए ।

सो क्रममा त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले विद्यार्थीहरुको मागका बारेमा आफू सकारात्मक भएको भन्दै सर्वपक्षीय छलफलबाट समस्या समाधान गर्ने बताए । विद्यार्थीहरुले व्यवस्थापन संकायको भर्ना सम्बन्धी कार्यविधि पालना नगरी सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरुलाई पनि कारवाही गर्न माग गरेका छन् ।

आफूहरुको मागका विषयमा २४ घण्टाभित्र कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन