पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ १३, काठमाडौँ |</b> स्थायी शिक्षकका लागि दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । <br></p><p>शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमकि र माध्यमिक तहमा गरी साढे १७ हजारका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा कुल साढे दुई लाखभन्दा बढीले आवेदन दिएको आयोगले जनाएको छ । यो कुल मागभन्दा १२ गुणाले बढी हो । प्राथमिक तहमा आवेदन दिने समय अझै बाँकी रहेकाले यो संख्या थप बढ्ने छ । </p><p>आयोगका अनुसार, सबैभन्दा धेरै आवेदन प्राथमिक तहमा परेको छ । आवेदन दिने म्याद चार दिन बाँकी हुँदा प्राथमिक तहको स्थायी शिक्षक बन्न ९७ हजार २९ जनाले फाराम भरिसकेका छन् । निम्नमाध्यमिक विद्यालयमा ८६ हजार ९१४ र माध्यमिक तहमा ३६ हजार ५५२ को आवेदन परेको छ । </p>

