Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फागुन १ बाट देशभरका विद्यालय खुल्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २३, काठमाडौँ | फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका हुन् । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो ।<br></p><p>सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासङ्घका अध्यक्षा कमला तुलाधरलगायतको सहभागिता थियो ।&nbsp;</p><p>यसअघि नै सरकारले विद्यालयहरुलाई १ फागुनबाट भौतिक रुपमा सञ्चालन गर्न तयारीको आग्रह गरेका थिए ।कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले १ माघबाट विद्यालयको भौतिक पठनपाठन बन्द गरेको थियो ।</p>