चिकित्सा शिक्षा शुल्कमा ३.६ %ले बृद्धीः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

साझासवाल

असार ३२, काठमाडौं | चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८÷७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले बृद्धी गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए ।

उपत्यका भित्र एमवीवीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ ।

उता, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको  आयोगले जनाएको छ ।

Leave a Comment

Leave a Reply