2026-09-19 02:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ महिनादेखि नतिजाको प्रतीक्षामा त्रिविका विद्यार्थी !

असोज ७, काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् । 

प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा छन् । तर, प्रथम वर्षको नतिजा नै आउन सकेको छैन । अहिले स्नातक तह प्रथम वर्षमा नयाँ र पुराना गरेर दुई समूह छन् । त्यसमा नतिजाको परीक्षामा रहेका तेस्रो समूह पनि छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको लागि पतिव्रता साथ तयारी थालिरहेको जनाएको छ । सहायक परीक्षा नियन्त्रक महेश ओझाले नतिजा प्रकाशनको लागि अहोरात्र खटिएर काम भइरहेको बताए । 

त्रिविले १० असोजदेखि दसैँ बिदा दिएको छ । त्यसपछि असोज २४ गते मात्रै त्रिवि खुल्छ । १/२ दिनभित्रमा नतिजा प्रकाशन गर्न सकिएन भने दसैँ बिदापछि मात्रै नतिजा प्रकाशन हुनेछ । ‘अहिले हाम्रो सम्पूर्ण ध्यान नतिजा प्रकाशनमै छ । अब धेरै ढिला हुँदैन । नतिजा जतिसक्दो चाँडो प्रकाशन गर्नेगरी तयारी गरिरहेका छौं । ठ्याक्कै कति समयमा प्रकाशन हुन्छ भन्न सकिने अवस्था भने छैन,’ सहायक परीक्षा नियन्त्रक ओझाले भने । क्रमिक रूपमा नतिजा तयार भइसकेका विषयमा नतिजा प्रकाशन गर्दै जाने उनले बताए । प्रथम वर्षको नतिजा तयार भइसकेको र त्यही आधारमा प्राविधिक विषय टुंग्याएर नतिजा प्रकाशनको काम भइरहेको उनको भनाई छ । त्रिविमा लामो समयदेखि भइरहेको तालाबन्दीका कारण नतिजा प्रकाशनमा समस्या भइरहेको त्रिविले जनाएको छ । त्रिविको रजिष्ट्रार कार्यालयदेखि अधिकांश विभागमा र महाशाखामा तालाबन्दी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई