2026-09-18 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंसिर दोस्रो साताभित्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा

कात्तिक २३, काठमाडौँ | सरकारले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा निर्वाचनलगत्तै सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो साताभित्र सार्वजनिक गर्ने जनाएको हो ।

नतिजा सार्वजनिक गर्न ४ मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही ढिलाइ हुने भएको बोर्डले जनाएको छ । कात्तिकभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भए पनि निर्वाचनका कारण कर्मचारी तथा शिक्षक चुनावमा व्यस्त भएकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको बोर्डको भनाइ छ ।

बोर्डले गत ३० र ३१ असोजमा कक्षा १२ को पूरक परीक्षा सञ्चालन गरेको थियो । गत १७ भदौमा प्रकाशित भएको नतिजाअनुसार १ लाख ८८ हजार ४ सय १० विद्यार्थीले ‘ननग्रेड’ ल्याएका थिए । जसमध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) १ लाख ३० हजार ८ सय ७८ जनाले परीक्षा दिएका थिए ।

नियमअनुसार दुई विषयसम्म ग्रेड वृद्धि गर्न पाइनेछ । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गरिएको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अंक ल्याएको हुनुपर्नेछ । तोकिएभन्दा कम अंक ल्याएमा प्रमाणपत्रमा एनजी अर्थात् ‘ननग्रेडिङ’ लेखिने र एनजी लेखिएका प्रमाणपत्रले उच्चशिक्षा अध्ययन गर्न नपाउने व्यवस्था छ ।

बोर्डले गत १६ देखि २५ जेठसम्म देशभर एकैसाथ कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १, ग्रेडवृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १ सय ३२ गरी ३ लाख ९६ हजार १ सय ८५ जना सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई