Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अब वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिँदा ४० मिनेटभन्दा बढी लाइन बस्न पर्दैन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २७, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउदै लगेको जनाएको छ । शाखाका अनुसार अब सेवाग्राहीले घन्टौं लाइन बस्नुपर्ने स्थिति हट्ने भएको छ । अब भने सेवा लिन गएकाहरुले ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने भएको छ ।

तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन बोलाइएका सेवाग्राहीलाई तोकिएको समयभित्र नै सेवा प्रवाह गर्ने गरिएको छ । जसको कारण ४० मिनेटभन्दा बढी लाइनमा बस्न पर्दैन । यसका लागि सेवाग्राहीहरु तोकिएको समयमै सेवा लिन भने पुग्नुपर्ने छ ।

त्यस्तै अशक्त, अपांग, जेष्ठ नागरिक, गर्भवती तथा कलेज शुल्क भुक्तानी गर्नुपर्ने, प्लेन टिकट बुकिङका कारणले अविलम्ब सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीहरुलाई भने अत्यावश्यक सेवा दिने कार्यलाई निरन्तरता दिइएको छ ।

शाखाले आइतबारदेखि सफ्टवेयरमा अपलोड गरिएका कागजातकै आधारमा रुजु गर्ने गरिएकाले एप्लिकेसन फारम बाहेक अफर लेटर, ट्रान्सक्रिप्ट, नागरिकता लगायतका कुनै पनि कागजातको प्रतिलिपि पेस गर्न नपर्ने, तोकिएको दिनमा सेवा लिन असमर्थ सेवाग्राहीलाई छुट्टै झ्यालबाट सेवा प्रवाह गर्ने कार्य शुरु गरेको छ ।