2026-07-28 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

दलाल सेटिङको जालो: बिभागको स्वीकृति बिनै मुस्कान ओभरसिसद्वारा मलेसिया पठाउन अन्तर्वार्ता

अनिल अधिकारी । चैत ३, काठमाडौँ । काठमाडौँ सामाखुसी स्थित टाउनप्लानिङमा बिहिबार र शुक्रबार सयौं युवाहरु मलेसिया रोजगारमा जान पाउने आशामा अन्तर्वार्ताको लागि भन्दै भीड लागेको देखियो । 

बिहिबारको भीड केहि व्यवस्थित जस्तो भएपनि शुक्रबार भने अन्तर्वार्ताको बिहान ५ बजेनै पुगेकाहरु म्यानपावरप्रति आक्रोशित थिए । आक्रोशित भीडमध्ये केहि बाहेक अधिकाँश एजेन्टहरु मार्फत जानकारी पाएर उक्त अन्तर्वार्ता स्थल पुगेका थिए । अन्तर्वार्ता स्थल पुग्दा उनिहरुले अन्तर्वार्ता हिजै सकिएको भन्ने जानकारी पाएपछि निराश थिए । अधिकांश एजेन्टहरुमार्फत आएका युवाहरुलाई बिहिबारकै अन्तर्वार्ताबाट छनौट गराई सकेको जानकारी उनिहरुले शुक्रबार मात्र पाए । अन्तर्वार्ताको लागि पुगेका युवाहरुले आफूहरुलाई अनावश्यक दु:ख दिएको गुनाशो गरे । 

शुक्रबार बिहान ५ बजेदेखिनै सामाखुसी टाउनप्लानिङ स्थित पार्टी प्यालेस पुगेका आशिष भण्डारीका अनुसार आफूले सामाजिक संजाल मार्फत डिमाण्ड बारे जानकारी पाएको बताए । उनका अनुसार फाइनल अन्तर्वार्ता भन्दै बिहिबार र शुक्रबार अन्तर्वार्ता हुने बिज्ञापन हालिएको थियो । समिक्षा थिङ नाम गरेको फेसबुकबाट फेसबुक ग्रुपमा उक्त पोष्ट सार्वजनिक भएको देखेपछि आफू दाङदेखि आएको उनले जानकारी दिए । बिहिबार काठमाडौँ आईपुगेका उनि शुक्रबार अन्तर्वार्ता स्थल पुग्दा डिमाण्ड बिहिबारनै प्याक भईसकेको जानकारी पाएपछि आक्रोशित बनेका थिए । 

यस सम्बन्धमा अन्तर्वार्ता स्थल वरपर मुस्कान ओभरसिसको फारम फालिएको अवस्थामा भेटियो । फालिएको पर्चा, अन्तर्वार्ता स्थलमा उपस्थित युवाहरु र सामाजिक संजालमा एजेन्टले हालेको भेटिएको सूचना अनुसार सामाखुसी स्थित मुस्कान ओभरसीसले मलेसिया स्थित आइओटि म्यानीफक्चरिङ एसडीएन बिएचडी (IOT Manufacturing SDN. BHD, Malaysia) मा रोजगारमा पठाउनको लागि अन्तर्वार्ता लिन बोलाएको देखिन्छ । 

शुक्रबार अन्तर्वार्ता दिन भनि पुगेका सयौंको संख्यामा युवाहरुले अन्तर्वार्ता दिन नपाएपछि डिमाण्डको आधिकारिताबारे बुझ्दा उक्त कम्पनीको डिमाण्ड वैदेशिक रोजगार बिभागले समेत स्वीकृति नदिई अन्तर्वार्ता लिइएको पाइएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीले डिमाण्डको बिज्ञापन पुर्व स्वीकृति लिएर मात्र ७ दिनको बिज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन मार्फत अन्तर्वार्ताको मिति तोक्नुपर्ने प्रावधान छ । मुस्कान ओभरसिसले मलेसिया स्थित आइओटि म्यानीफक्चरिङ एसडीएन बिएचडी (IOT Manufacturing SDN. BHD, Malaysia) को डिमाण्ड बिभागसँग स्वीकृति नलिई एजेन्टहरुको सम्पर्कको आधारमा अन्तर्वार्ता गराएको पाइएको छ । 

डिमाण्डको पुर्वस्वीकृति समेत नलिई सम्बन्धित कम्पनीको अन्तर्वार्ता लिएको म्यानपावरले यस सम्बन्धमा पटक-पटक जानकारी माग्ने कोसिस गर्दा कार्यालयको फोन पटक-पटक काट्ने तथा आधिकारिक व्यक्तिहरुको फोन समेत स्विच अफ हुनुको साथै लागेको फोन समेत उठेन । यसै सम्बन्धमा उक्त अन्तर्वार्ता लिनमा म्यानपावरको संलग्नता पुष्टि हुने आधार खोज्ने क्रममा म्यानपावरले बिहिबार (IOT Manufacturing SDN. BHD, Malaysia) को अन्तर्वार्ता लिएको स्वीकार गरेको छ । तर यस सम्बन्धमा उक्त कम्पनीको डिमाण्डको लट नम्वर कति हो ? भन्ने प्रश्नमा भने म्यानपावरले फोन काटेको थियो । 

सामाजिक संजालमा मार्च १६ र १७ मा फाइनल अन्तर्वार्ता रहेको जानकारी साथी मार्फत पाएर अन्तर्वार्ता दिन आएको बताउने रोल्पाका गणेश डाँगीको गुनाशो पनि उस्तै छ । उनका अनुसार शुक्रबार बिहानै उनि मुस्कान ओभरसिजले राखेको अन्तर्वार्तामा सहभागी हुन अन्तर्वार्ता स्थलमा आई पुगेका थिए । अन्तर्वार्ता स्थल भनिएको पार्टी प्यालेसको गेट नखुलेपछि डाँगी सहित सयौंको संख्यामा रहेको भीड म्यानपावरप्रति आक्रोशित थियो । भीडमा रहेका कसैले पनि उक्त डिमाण्डको लट नम्वर भन्न सकेनन् । साथै कुन पत्रिकामा डिमाण्डको बिज्ञापन आएको भन्ने बारेमा आधिकारिक जानकारी दिन सकेनन् बरु उपस्थित युवाहरुले बिभिन्न एजेन्टहरुको नाम लिएका थिए भने कोहि साथिसँगै डिमाण्डबारे जानकारी पाएर अन्तर्वार्ता दिन आएको बताईरहेका थिए । 

माथिको तश्वीरमा: फेसबुकमा यसरी एजेन्टहरुले लट नम्वर र म्यानपावरको नाम बिना अवैधानिक पोष्टहरु प्रचार गर्ने क्रम बढेको छ । 

वैदेशिक रोजगारमा भएको यो बेथिति पछिल्लो समय अधिकांश म्यानपावर भित्रको बेथिति हो । बिभागले स्वीकृति दिएर अन्तर्वार्ताको समेत मिति तोकेर बिज्ञापन गर्ने अधिकांश म्यानपावरहरुले बिज्ञापन हेरेर फोन सम्पर्क गर्दा डिमाण्ड छैन, प्याक भई सकेको देखि आफ्नो म्यानपावरमा उक्त डिमाण्डनै नआएको भन्ने सम्मको गैरजिम्मेवार जवाफ दिने गरेका छन् । यस्तो हुनुमा सरकारको स्वीकृति अगावै आएका डिमाण्डहरुमा अवैधानिक ढंगले एजेन्टहरुको मान्छेहरु मात्र सेट गरेर पछि औपचारिकताको लागि मात्र बिज्ञापन दिने गरिएको पाइएको छ । त्यसो त वैदेशिक रोजगार बिभागकै वेबसाइटमा अन्तर्वार्ता हुन बाँकी रहेको डिमाण्ड समेत म्यानपावरहरुले प्याक भईसकेको भनि जवाफ दिने गरेको पाइएको छ । नियमानुसार म्यानपावरहरुले बिभागसँग स्वीकृति नलिई अन्तर्वार्ता लिन पाइदैन । 

पछिल्लो समय अधिकांश म्यानपावरहरुले मलेसिया रोजगार निशुल्क भनिएपनि चर्को रकम अशुली गर्नको लागि एजेन्टहरु सेट गरेर उनीहरु इतरबाट आएकाहरुलाई मात्र वैदेशिक रोजगारमा पठाउने गरेको अवस्था छ । एजेन्टबाट आएकाहरुसँग जति भन्यो त्यति रकम अशुली गर्न सहज हुने हुँदा एजेन्टकै सम्पर्कमा अन्तर्वार्तामा युवाहरुलाई सहभागी गराउने गरिएको समेत पाइएको छ । यस्तो डिमाण्डमा एजेन्ट नखुलेको युवाले वैदेशिक रोजगारमा जानबाट बन्चित हुनुपरेको अवस्था छ । म्यानपावरहरुले पासपोर्टमै तथा अन्तर्वार्ताको क्रममा फारममै एजेन्ट खुलाए मात्र त्यसको आधारमा पास वा फेल गर्नेसम्मको बेथिति वैदेशिक रोजगार क्षेत्रमा व्याप्त बेथिति हो । 

यसरी एजेन्ट हावी हुँदा वैदेशिक रोजगार क्षेत्र झनै बदनामीको खाडलमा भासिने क्रममा छ । डिमाण्ड किन्नेदेखि कामदार पठाउनेसम्मको अवस्थामा एजेन्टहरुको हालीमुहाली चल्दै गर्दा सम्बन्धित निकाय भने मौन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै