2026-09-24 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा १५ वर्षको अन्तरालमा ११ हजार बढीको मृत्यु, तर घटेन आकर्षण

चैत ९, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपालीको संख्या वर्षेनी बढिरहेको पाइएको छ । हरेक वर्ष तीनदेखि साढे चार लाखको संख्यामा नेपालीहरुले विदेशी मुलुकमा पसिना बगाइरहेको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

बोर्डको तथ्यांक अनुसार कुल ५४ लाख १५ हजार ३१७ जना नेपाली नेपालीहरु वैदेशिक रोजगारका शिलशिलामा विभिन्न मुलुकमा गएका छन् । जसमध्ये ५० लाख ९१ हजार ७४६ जना पुरुष र तीन लाख २३ हजार ६३३ जना महिला रहेका छन् ।

चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा चार लाख १४ हजार ५४६ जना नेपालीहरु वैदेशिक रोजगारका शिलशिलामा विभिन्न मुलुकमा गएका छन् । जसमध्ये तीन लाख ७७ हजार १५५ जना पुरुष र ३७ हजार ३९१ जना महिला रहेका छन् ।

बोर्डका अनुसार २०६५/०६६ पछि चालु आर्थिक वर्ष २०७९/०८० को तथ्यांकका आधारमा हेर्दा चालु आर्थिक वर्षको ६ महिनामै ठूलो संख्यामा बाहिरिएको देखियो ।

११ हजार बढीको विदेशमा मृत्यु, दुई हजार बढीको अङ्गभङ्ग

१५ वर्षको अन्तरालमा वैदेशिक रोजगारीका क्रममा खाडी लगायतका विभिन्न मुलुकमा गएका ११ हजार बढी नेपालीहरु शव वर्षे बाकसमा फर्किएको छ । बोर्डका अनुसार मृत्युको कारण क्यान्सर, हृदयघात, कोरोना तथा अन्य रोग, सडक दुर्घटना, कार्यस्थलमा दुर्घटना, आत्महत्या, प्राकृतिक निधन तथा हत्याका कारण आर्थिक वर्ष २०६५/६६ देखि हालसम्ममा ११ हजार ५६२ जना नेपालीको विदेशमा मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा नेपाल सरकारको श्रम स्विकृति लिएर विदेशमा काम गर्न गएका ८०७ जना नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डका उपसचिव तथा प्रवक्ता राजन पौडेलका अनुसार विदेशमा ज्यान गुमाउने सबैभन्दा बढी खाडी मुलुकमा गएका कामदार रहेका छन् । जसमध्ये युएईमा १३२, साउदी अरेवियामा २३६, कतारमा १४८, मलेसियामा १७६, कुवेतमा १५, बहराइनमा १३, साउथ कोरियामा १४, ओमनमा ५, जोडनमा २ जना लगायत युरोपियन तथा सेन्जेन मुलुकका क्रोसिया, माल्टा, पोर्चुगल, साइप्रस, बु्रनाई तथा इजरायलबाट नेपालीको शव आएको उनी बताउँछन् ।

त्यस्तै यस अवधिमा दुई हजार २५० जनाको अङ्गभङ्ग भएको छ । यस वर्ष मात्रै १२५ जना नेपालीको अङ्गभङ्ग भएको छ । विदेशमा कार्यस्थलमा दुर्घटना, सडक दुर्घटना, विभिन्न रोग संक्रमण तथा अन्य कारणले गर्दा उनीहरुको अङ्गभङ्ग भएको प्रवक्ता बताउँछन् ।

रेमिट्यान्सको लोभ

त्यसो त नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सले सबैभन्दा बढी हिस्सा ओगटेको छ । बोर्डका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि (संस्थागत तथा व्यक्तिगत नयाँ) श्रम स्किृति लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७३६ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्किृति लिने नेपालीको संख्या समिक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले