2026-10-15 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीमा जानेले अधिकतम पाँच वर्षको श्रम स्वीकृति पाउने

चैत १०, काठमाडौँ | वैदेशिक रोजगारीमा जानेले अब अधिकतम पाँच वर्षको श्रम स्वीकृति पाउने भएका छन् ।

यसअघि प्रदान गर्नै आएको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाउँदै अधिकतम पाँच वर्षसम्मको श्रम स्वीकृति प्रदान गरिने तयारी गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो । 

‘अहिलेको प्रावधान अनुसार दुई वर्षको श्रम स्वीकृति प्रदान गर्दै आएको थियौँ, तर कतिपय देशले हाम्रा नागरिकलाई तीन वर्षको करार सम्झौता दिएका हुन्छन्’ उहाँले भन्नुभयो ‘त्यही ग्यापलाई एउटै बनाउन यस्तो निर्णय गरिएको हो ।

खाडीका देश र मलेसिया लगायतका देशमा जानेहरूलाई दुई वर्षका लागि प्रदान गर्दै आएको श्रम स्वीकृतिको प्रावधान हटाएर करार अवधिको आधारमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।

सरकारको यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले करार अवधिको आधारमा श्रम स्वीकृति लिन सक्नेछन् । तर करार अवधिको आधारमा श्रम स्वीकृति दिँदा पनि अधिकतम पाँच वर्षको मात्र पाइने छ । 

श्रम स्वीकृतिको अवधि बढ्दा वैदेशिक रोजगार कल्याणकारी कोषमा तिर्नु पर्ने रकम पनि बढ्ने छ भने बिमा पनि त्यही अनुसारको गर्नु पर्छ । तर पाँच वर्षको श्रम स्वीकृति लिनेले कल्याणकारी कोषमा कति रकम तिर्नु पर्ने भन्ने बारेमा भने निर्णय भई नसकेको विभागका महानिर्देशक आचार्यले बताउनुभयो । 

‘मन्त्रालय, बोर्ड, विभाग र बिमा कम्पनीहरूसँग बसेर छिट्टै नै यो निर्णय हामी गर्छौँ’ महानिर्देशक आचार्य भन्नुहुन्छ ‘अहिले नै पनि त्यो खालको श्रम स्वीकृति लिन चाहनेहरू हुनुभयो भने हामी कुनै न कुनै किसिमले मिलाएर प्रदान गर्ने नै छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव