2026-10-15 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतका सरकारी अस्पतालहरुमा दुई हजारभन्दा बढी नेपाली नर्स र टेक्निसियनहरुको माग

चैत १३, काठमाडौँ । कुवेत स्थित स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका अस्पतालहरुमा ठूलो संख्यामा नेपाली कामदारहरुको माग आएको छ । उक्त माग पूर्तिका लागि कुवेतको सिटि ग्रुप र एडभान्स टेक्नोलोजी कम्पनी मार्फत काठमाडौँस्थित ओमेगा इन्टरनेश्नल प्रालिबीच सम्झौता भएको छ । प्राप्त माग अनुसार नेपाली कामदार लैजान नेपाल सरकारले प्रमाणीकरण समेत गरिसकेको छ । डिमाण्डका लट नम्वरहरु 249487, 258421, 278050 र 278376 नेपाल सरकारले स्वीकृति दिएको छ ।  

आवश्यकता अनुसार माग पूर्ति गर्ने जिम्मा पाएको काठमाडौँ स्थित म्यानपावर ओमेगा इन्टरनेशनल प्रालिका अनुसार नर्सिङ अन्तर्गत ठूलो संख्यामा बिएससी नर्सिङ, बिएन नर्सिङ र डिप्लोमा नर्सिङहरुको माग भई आएको छ । त्यस्तै एक हजार ९ सय जना ल्याव टेक्निसियन, रेडियो ग्राफर टेक्निसियन र फार्मेसी टेक्निसियनको पनि माग छ । म्यानपावरका संचालक राज कुमार राईका अनुसार ६०० जना नर्सिङको माग भईआएको छ । जसको मासिक तलब खान बस्न सहित मासिक कम्तिमा २ लाख ६० हजारदेखि ३ लाख ४८ हजारसम्म रहेको छ । त्यस्तै ल्याव टेक्निसियन, रेडियो ग्राफर टेक्निसियन र फार्मेसी टेक्निसियनको लागि मासिक तलब कम्तिमा एक लाख आठहजारदेखि एक लाख ३० हजारसम्म रहेको छ । 

संचालन राईका अनुसार सबै माग कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुको लागि हो । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा काम गर्ने गरि पहिलो पटक हालसम्मकै धेरै फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियनको माग भएको म्यानपावरले दावी गरेको छ ।

म्यानपावरका अनुसार दैनिक आठ घण्टा काम र साताको एक दिन छुट्टि हुने उक्त रोजगारको अवसरमा प्रत्येक बर्ष ३० दिनको छुट्टी सुविधा समेत छ । उक्त रोजगारमा जान चाहने इच्छुक योग्यता पुगेका नेपालीहरुले पहिलो चरणमा कुवेतबाट आएका अधिकारीहरुले लिने परिक्षा पास गर्नुपर्ने र त्यसको आधारमा छनौट भएकाहरुको मात्र अन्तर्वार्ता लिइने म्यानपावरले जनाएको छ । परिक्षा पास गरेकै आधारमा अन्तर्वार्तामा समेत छनौट भएकाहरुलाई कुवेतमा काममा जोडिएपछि लाइसेन्स दिइने उनले बताए । बिएससी र बिएन नर्सिङको परिक्षा २८ एप्रिल २०२३ मा र डिप्लोमा नर्सिङको परीक्षा १५ मेका दिन हुनेछ । 

नेपाल संधै सामान्य ‘लेवर सेन्डिङ कन्ट्री’को रुपमा मानिने अवस्थामा नेपालले उच्च दक्षता भएको कामदार पनि पठाउँछ भन्ने सकारात्मक संदेश समेत दिन सकिने भएकाले प्रयाप्त कामदार भर्ति गराउन आफ्नो कोसिस रहेको संचालक राईले बताए । उनले यो डिमाण्ड सहज पूर्ति गराउन सके भविष्यमा अझै धेरै उच्च तलबमा नेपाली नर्स र डाक्टरहरु रोजगारमा पठाउन सकिने बताए । राईका अनुसार कुवेतका लागि नेपाली नर्सहरु फिलिपिन्सपछिकै सबैभन्दा राम्रो नर्स मानिन्छन् ।

(सम्बन्धित भिडियो पनि हेर्नुहोस्)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो