2026-10-15 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

उत्सव एचआरलाई प्रतिव्यक्ति दुई लाख ६० हजार बुझाएर मलेसिया पुगेका युवाहरु पाँच महिनादेखि तलवबिहिन

शान्ति श्रेष्ठ । चैत १५, काठमाडौँ । वैदेशिक रोजगारको क्रममा पाँच महिना अघि एजेन्ट तथा म्यानपावरलाई चर्को लागत तिरेर मलेसिया पुगेका पाँच जना युवाहरु समस्यामा परेका छन् । गौशाला स्थित उत्सव एचआर सोलुसन प्रालि मार्फत मलेसियाको जलनसिहला स्थित MENA COLLECTION SDN. BHD. कम्पनीमा रोजगारको क्रममा गएका पाँच जना युवाहरु काम नपाएपछि समस्यामा परेका हुन् । 

पीडित युवाहरुमा खोटाङ घर भएका सोम मगर र सुजन खड्का, भोजपुर घर भएका सुमन तामाङ र प्रकाश तामाङ छन्, त्यस्तै चितवन घर भएका सोनाम दराई पनि पीडित बनेका छन् । पीडितहरुसँग म्यानपावरले मलेसिया पठाउने क्रममा एजेन्टहरु प्रयोग गरेर प्रतिव्यक्ति दुई लाख ४० हजारदेखि दुई लाख ६० हजारसम्म अशुलेको पाइएको छ । पीडितहरु मध्ये ४ जनाले एजेन्टलाई र एक जनाले म्यानपावरकै कर्मचारीलाई लागत रकम तिरेर मलेसिया रोजगारमा आएको बताएका छन् ।

पीडित सोम मगरले खोटाङ, दिक्तेल-११ घर भएका एजेन्ट निरज दाहाललाई दुई लाख ६० हजार तिरेको बताएका छन् भने अर्का पीडित सोनाम दराईले उत्सव एचआर सोलुसन प्रालिकै कर्मचारी भवानी तिम्सिनालाई दुई लाख ५० हजार लागत रकम तिरेको बताएका छन् । त्यस्तै पीडित सुमन तामाङले भोजपुर दिङ्ग्ला घर भएका एजेन्ट हेम अधिकारीलाई दुई लाख ६० हजार तिरेको बताएका छन् भने अर्का पीडित प्रकाश तामाङले एजेन्ट हेम अधिकारीलाईनै दुई लाख ६० हजार तिरेको बताएका छन् । त्यस्तै अर्का पीडित सुजन खड्काले काठमाडौँमै बसेर एजेन्टको काम गर्दै आएका एजेन्ट ध्रुब दंगाललाई दुई लाख ४० हजार तिरेर मलेसिया आएको बताएका छन् । 

पीडितहरुलाई म्यानपावरले होटल रेस्टुरेन्ट क्लिनरको लागि भनि मासिक १५ सय मलेसियन रिङ्गिट मासिक कमाई हुने आश्वासन सहित रोजगारमा पठाएको पाइएको छ । तर पीडितहरुले पाँच महिनापुग्दा समेत नियमित काम र तलब पाएका छैनन् । पाँच महिनाको अवधिमा १९ दिन मात्र काम पाएको तर त्यो काम गरेको रकम समेत खानामा काटेको पीडितहरुले बताएका छन् । MENA COLLECTION SDN. BHD. कम्पनीको लागि भनि रोजगारमा पुगेका पीडितहरुलाई पाँच महिनाको अवधिमा बिभिन्न चार ठाउँमा सार्दै राखेको पीडितहरुले बताएका छन् । 

आफूहरुले मलेसियामा लामो समयदेखि काम नपाएको बारेमा मलेसिया स्थित नेपाली दुतावासमा समेत फोन मार्फत जानकारी गराएको पीडितहरुले बताएका छन् तर एक साता भित्र समस्या समाधान गरिने भनेको दुतावासले पछि कुनै प्रतिक्रिया दिएनन् । यसैबीच पीडितहरुको समस्या समाधानको लागि म्यानपावर पक्षलाई ध्यानाकर्षण गराउँदा म्यानपावरले वेवास्था गरेको छ । 

म्यानपावरको अटेरी: एजेन्ट लगाएर पीडत फकाउदै 

पीडितहरुले आफूहरु समस्यामा परेको बिषयमा म्यानपावरलाई दैनिक जानकारी गराईरहेका छन् । तर म्यानपावरले उनीहरुको समस्यालाई अनदेखा गरिरहेको छ । बरु एजेन्टहरु लगाएर पीडितहरुलाई फकाउँने गरेको छ । एजेन्टहरुले आफूहरुलाई अनावश्यक लफडा नगर्न र मिडियामा नजान भन्दै ‘आफ्नै भाग्यले त्यस्तो भएको हो’ भन्दै फकाउने काम गरिरहेका छन् । पीडितहरुले आफूहरुले मलेसिया रोजगारमा जान निशुल्क लागत भन्ने जानकारी भएपनि एजेन्ट तथा म्यानपावरले चर्को अशुली उठाएर मलेसिया रोजगारमा पठाएको बताए । पीडितहरुले ऋण खोजेर मलेसिया रोजगारको लागि रकम जोहो गरि एजेन्ट/म्यानपावरलाई बुझाएको तर पाँच महिनासम्म तलब नपाएपछितनावमा रहेको बताए । 

पीडितहरुको अनुसार कमाउन भनि मलेसिया छिरेको तर एजेन्टहरुले कमाए/रमाए हामीलाई अलपत्र बनाए । पीडित बनेको विषयबारे बिभिन्न निकायमा गुनाशो गर्दा समेत कसैबाट सुनुवाई नभएको उनिहरुको गुनाशो छ । उनिहरुले यथासक्य आफूहरुलाई नेपाल फिर्ताको लागि पहल गरि आफूहरुले तिरेको लागत फिर्ता गर्न र बिदेशी भूमिमा बिताएको समयको समेत क्षेतिपूर्ति दिलाईदिन सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव