2026-10-15 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्नेहरू पक्राउ

वैशाख ६, काठमाडौँ | बैदेशिक रोजगारीको लागि अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षका उज्वल खड्का र सिन्धुपाल्चोकका २३ वर्षका टीकाबहादुर भण्डारीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार खड्काले मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित २० जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा जानको लागि प्रतिव्यक्ति रु ३० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाखभन्दा बढी तलव हुन्छ भनी प्रलोभनमा पोका थिए। 

पीडितहरुबाट पटकपटक गरी जम्मा ३ करोड ५६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेको भनी वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो।  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने अर्का व्यक्तिलाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।

साथै पक्राउ गरेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ। उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव