2026-07-28 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रममन्त्री भण्डारीद्वारा वैदेशिक रोजगार व्यवसायी भलाई कोष कार्यान्वयनको प्रतिबद्धता

वैशाख ७, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसायी भलाई कोष कार्यान्वयनमा ल्याउन आफूले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बिहिबार काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचाररत वैदेशिक रोजगार व्यवसायी चन्द्र सिङ अदैको स्वास्थ्य अवस्था बुझ्न पुगेका मन्त्री भण्डारीले व्यवसायीलाई अफ्ट्यारो पर्दा कोषबाट सहयोग पाउने गरि कोषको कार्यान्वयनमा आफूले ध्यान दिने बताए । भेटको क्रममा श्रममन्त्री भण्डारी समक्ष लामो समयदेखि नर्भिकमा उपचाररत अदैले व्यवसायीहरुले ५० लाखको दरले धरौटी सरकार समक्ष राखेको तर त्यो रकमबाट व्यवसायीलाई गाह्रो-साह्रो पर्दा राहत पाउन नसकेको गुनाशो गरे । 

यसै बिषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायी भलाई कोष कार्यान्वयन गर्न मन्त्री भण्डारीसँग अनुरोध गरेका छन् । भण्डारीले कोष कार्यान्वयनमा आए व्यवसायीहरु सरकारप्रति जिम्मेवार र मर्यादित बन्न प्रेरित हुने बताए । उनले कोष कार्यान्वयनमा आए व्यवसायीलाई समस्या परेको बेला राज्य छ भन्ने प्रत्याभूति हुने हुनाले कोष कार्यान्वयनमा ल्याउन संघले पहलकदमी लिईरहेको बताए । 

बिरामी भेटकै क्रममा नर्भिक अस्पताल पुगेका संघका महासचिव मेघनाथ भुर्तेलले आफूहरु संघमार्फत व्यवसायीहरुको तमाम समस्या सम्वोधनको लागि पूर्णकालिन रुपमा खटिएको बताए । भुर्तेलले राज्य व्यवसायीहरुप्रति जिम्मेवार रहे मात्र व्यवसायी पनि राज्यप्रति जिम्मेवार रहने बताए । उनले पहिलो पटक वैदेशिक रोजगार व्यवसायी अस्पताल भर्ना हुँदा श्रममन्त्री भेट्न आएको भन्दै मन्त्री भण्डारीको उच्च सम्मान व्यक्त गरे । 

यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा नर्भिक अस्पतालमा उपचाररत वैदेशिक रोजगार व्यवसायी चन्द्र सिङ अदैलाई पाँच लाख ५१ रुपयाँको चेक हस्तान्तरण गरिएको छ । संघले बिभिन्न व्यवसायीहरुसँग बसुन्धरा स्थित जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट सर्भिस प्रालिका संचालक चन्द्र सिङ अदैको उपचारको लागि उक्त रकम जुटाएको हो । संघलाई प्राप्त सहयोग रकमको चेक श्रममन्त्री शरतसिंह भण्डारीको हातबाट संघका पदाधिकारी सहितले हस्तान्तरण गरे । 

सहयोग रकम ग्रहण गर्दै व्यवसायी चन्द्र सिङ अदैले आफ्नो उपचारमा सहयोग गर्ने संघ सहित व्यवसायीहरुलाई धन्यवाद दिएका छन् । लामो समयदेखि मधुमेहको समस्या रहेका उनि हाल किड्नीमा समेत समस्या देखिएपछि अस्पतालमा उपचारको क्रममा रहेका छन् । उनले आफूले वैदेशिक रोजगार व्यवसायमा इमान्दारिताका साथ व्यवसाय संचालन गर्दै आएको कारण आर्थिक रुपमा कमजोर रहेको बताए । वैदेशिक रोजगारमा जानेहरुलाई चर्को आर्थिक भार नहोस् भन्ने सोचेर व्यवसाय संचालन गर्दै आएको बताउने अदैले व्यवसायीहरुलाई आफ्नो पेशागत मर्यादा पालना गर्न र हदैसम्म वैदेशिक रोजगारमा जानेहरुलाई प्राथमिकता दिएर व्यवसाय संचालन गर्न सुझाव दिएका छन् । उनले व्यवसायीलाई थप मर्यादित बनाउन र कामदारलाई समेत उचित लाभ दिन सरकारले व्यवसायीले राखेका मागहरु सम्वोधन गर्न जरुरी रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै