2026-10-15 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

भिजिट भिसामा महिलालाई ओमान लगेर १२ लाखमा बिक्री

वैशाख ८, काठमाडौँ । मानव तस्करमा सक्रिय समूहले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर  महिलालाई ओमानमा लगेर १२ लाख रूपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले इलामका शुक्रराम लिम्बू र सिन्धुपाल्चोकका विष्णु तामाङलाई पक्राउ गरेपछि उनीहरूले भिजिट भिसामा नेपाली महिलालाई ओमानमा पुर्याएर १२ लाखमा बेचेको खुलेको हो।

ब्यूरोको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार उनीहरूले एक महिलालाई माघ १२ गते भिजिट भिसामा नेपालबाट दुबई हुँदै ओमान पुर्याएका थिए।

उनीहरूले २१ माघमा ती महिलालाई भिजिट भिसामा दुबई हुँदै ओमान पुर्‍याएको ब्युरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए । त्यहाँ केही दिन कम्पनीमा राखेर उनीहरूले ओमानी घरमालिकलाई बिक्री गरेका थिए । तीन हजार पाँच सय ओमानी रियाल (करिब १२ लाख नेपाली रुपैयाँ)मा त्यहाँका एजेन्टले बिक्री गरेको पीडितले बताएकी छिन् ।

घरेलु कामदारका रूपमा उनलाई बिक्री गरिएको थियो । जहाँ दिनमा २२ घन्टासम्म काम गर्न लगाएर शारीरिक तथा मानसिक शोषण भएको पीडितले बताएकी छिन् । खान पनि राम्रोसँग नदिएको र शोषण भएपछि ती महिला बिरामी भएकी थिइन् । पछि एजेन्टले कम्पनीमा फिर्ता गरेको थियो । त्यही क्रममा उनी कम्पनीबाट भागेर ओमानस्थित नेपाली दूतावासमा पुगी परिवारको सहयोगमा स्वदेश फर्किएकी हुन् । 

 त्यसरी बिक्री भएका महिलालाई तलबसमेत दिइँदैन । त्यहाँ काम गर्दिनँ भन्दा आफूले किनेको पैसा फिर्ता दिएपछि मात्र जान दिने गरिएको ब्युरोका एसपी कृष्णप्रसाद पंगेनी बताउँछन् । कतिपय महिलाको दूतावासको सहयोगमा उद्धार हुने गरेको छ भने केही भागेर स्वदेश फर्कने गरेका छन् । यसअघि पनि केही महिलाको यसरी उद्धार भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव