२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार अभिमुखिकरण तालिम खारेजीको संघारमा

२०८०, १४ बैशाख बिहीबार ०६:०४

अनिल अधिकारी । वैशाख १४, काठमाडौँ । वैदेशिक रोजगारमा जानेहरुलाई अभिमुखिकरण तालिम दिने उदेश्य लिएर खुलेका संस्थाहरुको चरम लापरवाही, तालिमबिनै प्रमाणपत्र दिदै भईरहेको सेटिङ तथा वैदेशिक रोजगार बिभागको निरिहताको कारण वैदेशिक रोजगार अभिमुखिकरण तालिम लिनुपर्ने अनिवार्यता माथि गम्भिर प्रश्न खडा भएको छ । अहिलेकै अवस्था रहंदा तालिमको औचित्यको सम्बन्धमा सम्बन्धित निकायका अधिकारीहरु खारेजीको पक्षमा बोल्न थालेका छन् । 

वैदेशिक रोजगारमा जानेहरुलाई घरबाट निस्केदेखि नेपालको विमानस्थल नपुग्दासम्म अपनाउने सावधानी, विमानस्थलमा हुने चेकिङ र जहाजमा चढ्नेदेखि यात्रा गर्दा र सम्बन्धित देशमा पुगेपछि गर्न हुने/नहुने कुराहरु समेत समेटेर अभिमुखिकरण तालिम दिने गरिन्छ । यसरी दिने तालिम २ दिनको हुन्छ । वैदेशिक रोजगारमा जाने युवाहरुले यस्तो तालिम नलिएसम्म सरकारले वैदेशिक रोजगारको अन्तिम श्रम स्वीकृति जारी गर्दैन । तर लामो समयदेखि अभिमुखिकरण तालिमका नाममा झोलामा तालिम प्रदायक संस्था बोकेर तालिमनै नदिई सेटिङमा काम हुँदै आएको छ । कतिपयले तालिम दिने कोठा खालि राखेर अनलाइनमा मात्र तालिम लिनेहरुको विवरण भरेर मनग्य कमाई गरिरहेका छन् । यसरी सेटिङ गर्ने व्यवसायीहरुको समुहनै रहेको तालिम प्रदायक संस्थाकै संचालकहरु बताउँछन् । यस बेथितिको सम्बन्धमा वैदेशिक रोजगार बिभाग र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समेत जानाकार रहेको छ । 

माथिको तश्वीरमा: अनुगमनको क्रममा भेटिएको एक बेथितिको दृश्य, कतिपय तालिम प्रदायक संस्थाहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई तालिम नै नदिई श्रमिकबाट सात सयदेखि दुई हजार ५०० सम्म असुल्ने गरेका छन् । सेटिङ गर्नेहरुले ठूलो संख्यालाई अभिमुखिकरण दिईरहेको विवरण विभागको अनलाइन प्रणाली मार्फत भर्ने गरेका छन् । तर त्यहि दिन अनुगमनमा जाने हो भने विवरण भर्ने कतिपय संस्थाहरु झोलामै हुन्छन् वा उनिहरुको तालिम दिने कक्षा खालि हुन्छ ।

वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरुले सकेसम्म अभिमुखिकरण तालिम दिन पठाउन नपरे हुने भन्नेमा केन्द्रित हुनु, अभिमुखिकरण तालिम लिनपर्ने कामदारहरुलाई पनि दुईदिने तालिमको महत्व नहुनु तथा झन्झटिलो मान्नु र अभिमुखिकरण प्रदायक संस्थाहरुले समेत तालिम नै नदिई सेटिङमै कमाउन पाउने वातावरण भएपछि यो बेथितिको चरम अवस्था रहेको हो । बेथितिको हद यतिसम्म छ कि झोलामै संस्था राखेर पनि दैनिक ५० जनाको नाममा प्रति व्यक्ति एक हजारदेखि दुई हजार ५०० रुपयाँसम्म सेटिङका नाममा अशुली भईरहेको पाइएको छ । पढ्छु भन्नेहरुले मात्र ७०० मा अभिमुखिकरण तालिम लिन पाउँछन् । अन्यथा वैदेशिक रोजगारमा जानेहरुले अभिमुखिकरण तालिम लिन खोज्दैनन् ।

यो बेथितिको सम्बन्धमा जानाकार स्रोतका अनुसार अधिकांश म्यानपावरहरुले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई अभिमुखीकरण तालिमको लागि कि पैसा कि आफै आएर दुई दिन पढ्न अप्सन दिने गरेका छन् । यसरी अप्सन दिँदा आतेजाते खर्च र तालिमको समयलाई जाने कामदारहरुले समेत सकेसम्म सेटिङकै बाटो रोज्ने गरेको पाइएको छ । कतिपय म्यानपावरले त सकेसम्म पैसामै अभिमुखिकरण तालिमको सेटिङ मिलाईदिन्छन् । यसरी अशुलीमा सहयोग म्यानपावरहरु र एजेन्टहरु मार्फत अभिमुखिकरण तालिम प्रदायक संस्थाहरुसम्म पुग्ने गरेको छ । साथै सेटिङकर्ताहरु मार्फत वैदेशिक रोजगार बिभागका केहि अधिकारीहरुलाई प्रतिव्यक्ति सेटिङ गरेबापत एक सय देखि डेढसयसम्म पुग्ने गरेको विषयमा स्रोतको दावी छ । 

बेथितिलाई बुझेर पनि बिभागले अनदेखा गर्नु, झोलामा भेटिएको प्रमाणित भएको संस्थाहरुलाई समेत उपयुक्त कारवाही नगरी नविकरण गरिदिनु, अनुगमनमा जाँदा पुर्व सूचना पुग्नु तथा मिडियालाई समेत सूचना नदिनु जस्ता व्यवहारको कारण वैदेशिक रोजगार बिभागको मिलिमतोमा सेटिङ धन्दा मौलाइरहेको विषयलाई शंकाको आधार मानिएको छ । केहि समय यता वैदेशिक रोजगार बिभागको अनुगमन संयन्त्रले नियन्त्रणमुखी नतिजा दिन नसकेको बिभाग स्रोतकै असन्तुष्टि छ । 

वैदेशिक रोजगार अभिमुखिकरण प्रदायक संस्थाहरुको बेथितिको विषय हालका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिङ भण्डारीलाई पनि जानकारी छ । मन्त्री भण्डारीले बिकल्पमा स्थानिय निकायलाईनै यसको जिम्मा दिन सकिने विषयमा आफ्नो ध्यान केन्द्रित रहेको धारणा राखेका छन् । उनले विदेश जानेहरुलाई म्यानपावरमा जोडिनु पुर्वनै यस्तो खालको तालिम दिनेगरी तयारी गरेको बताएका छन् । उनले तालिम दिँदा पाठ्यक्रम बनाएरै देशगत बर्गिकरण गरि ७५३ स्थानिय निकायबाटै तालिम प्रदानको प्रयास हुने बताएका छन् । 


वैदेशिक रोजगार अन्तर्गत नयाँ जानेहरुलाई अनिवार्य गरिएको अभिमुखिकरण तालिमको सम्बन्धमा केहि अभिमुखिकरण तालिम प्रदायक संस्थाहरु समेत चिन्तित देखिन्छन् । केहि संस्थाहरु सेटिङमा चल्दा उनिहरुले मालामाल फाइदा उठाएको तर आफूहरुले मापदण्ड अनुसार तालिम दिदा पनि तालिममा आउनेहरुको सहभागिता घटेको कतिपय अभिमुखिकरण तालिम प्रदायक संस्थाका संचालकहरुको भनाई छ । उनिहरुको अनुसार सेटिङमा चलेका संस्थाहरुको कारण अभिमुखिकरण तालिमको औचित्यमाथि प्रश्न खडा भएको हो । 

अभिमुखिकरण तालिम प्रदायक कतिपय संस्थाहरु मापदण्ड त् नीति अनुसार तालिम दिएर मात्र प्रमाणपत्र दिने पक्षमा छन् तर केहि सेटिङधारी व्यवसायीका कारण र सरकार अनुगमनमा सक्रिय नबन्दा सेटिङधारीहरुले यो क्षेत्र बदनाम बनाएको उनिहरुको भनाई छ । 'मैले मेरो संस्थालाई बन्द गरेर राखेको छु । सरकारले नीतिगत रुपमा चल्ने वातावरण बनायो भने खोल्छु अन्यथा म खोल्दिन' अभिमुखिकरण तालिम प्रदायक संस्थाका संचालक मानव विष्ट बताउँछन् । 

बेथितिकै अवस्थामा छाड्ने भए अभिमुखिकरण तालिमको औचित्य के ? भन्ने प्रश्न गर्दा वैदेशिक रोजगार बिभागमा महानिर्देशक उमाका​न्त आचार्यले सुधार गर्न नसकेपछि वैदेशिक रोजगार अन्तर्गत अभिमुखिकरण तालिम दिन बन्द गरे हुने बताए । यस्तै बिभागका प्रवक्ता कृष्ण प्रसाद भुसालले दुई बिकल्प अघि सारेका छन् । उनका अनुसार सरकार आफैले अभिमुखिकरण तालिम दिने व्यवस्था गर्नुपर्छ अन्यथा अनलाइनबाटै बिभिन्न आवश्यक सामग्रीहरु निर्माण गरि वैदेशिक रोजगारमा जानेहरुलाई सुसुचित गर्नुपर्छ । उनले भने 'अहिले सबैको हात-हातमा मोबाइल छ, वैदेशिक रोजगारको अभिमुखिकरण लिन दु:ख पाईरहनुपर्ने अवस्थाको अन्त्य गर्दा हुन्छ ।' बिभागले यथास्थितिमै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरु संचालन गर्न दिनुको औचित्य नरहेको स्वीकारेको छ । साथै बिभागले यदि अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाईनै कायम राखेर तालिम दिने हो भने अनुगमन चुस्त दुरुस्त हुनुपर्ने, समय अनुकुल पाठ्यक्रम परिमार्जन हुनुपर्ने र भिडियो मार्फत अनुगमन हुनुपर्ने बताएको छ । त्यसो त बिभागले आफूहरुले म्यानपावर तथा वैदेशिक रोजगारसंग सम्बधित अन्य संस्थाहरुको समेत जिम्मेवारी लिएर काम गर्नुपर्ने हुँदा अनुगमनको जिम्मेवारी वैदेशिक रोजगार बोर्डलाई दिए हुने बताएको छ । 


वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरुले पुर्व अभिमुखिकरण तालिम औचित्यहिन रहेको धारणा राख्छन् । वैदेशिक रोजगारमा जाने अधिकांशले अभिमुखिकरण तालिम लिदैनन् । लिएकाहरुले पनि सामान्य जानकारीको लागि दुई दिनसम्म अनावश्यक दु:ख दिएको धारणा राखेका छन् । उनिहरु अभिमुखिकरण तालिममा सहभागी भएर लिएको भन्दा कयौं जानकारी अनलाइनबाटै लिन सकिने अवस्था रहेको बताउँछन् । सरकारले मोबाइल एप्सबाटै धेरै कुरा जानकारी दिन सक्ने भन्दै वैदेशिक रोजगारमा जानेहरुलाई आवश्यक जानकारी अनलाइनमै दिँदा उपयुक्त हुने धारणा राख्छन् । 

यसै सम्बन्धमा सरोकारवालाको चिन्ता छ 'बेथिति छ, समस्या छ । अहिले पनि सेटिङधारी व्यवसायीहरुले सेटिङ गरेर झोलामै संस्था वा खाली कोठालाई भरिभराउ भएको विवरण राखेर बाडीचुडी कमाई खाईरहेका छन् । श्रम मन्त्रालय देखि बिभागसम्म यसको तत्काल समाधानको कुनै योजना छैन । गलत भैरहेको छ भन्ने जानाकार भएर पनि बेथितिलाई हेरेर बस्नुको पछाडी सरकारी पक्षको केहि त स्वार्थ छ ।' 

यो पनि पढ्नुहोस: 

वैदेशिक रोजगारमा जान अभिमुखिकरण तालिम लिन पर्दैन, सेटिङमै पाइन्छ प्रमाणपत्र !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन