2026-10-15 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

एसियाली मुलुकहरुबाट वैदेशिक रोजगारमा जान कुन देशबाट कति लागत तिर्नुपर्ने नियम छ ?

वैशाख १९, काठमाडौँ । बैदेशिक रोजगारमा कामदार पठाउने भारत, वांगलादेश, श्रीलंका, पाकिस्तान लगायत एसियाली मुलुकहरुको आ-आफ्नै नियम छ । नेपालले वैदेशिक रोजगारमा जान फ्री भिसा फ्री टिकटको नियम लागु गरेपनि कार्यान्वयन पक्ष नाकाम छ । 

वैदेशिक रोजगार क्षेत्रमा लागतबारे प्रश्न उठ्दै गर्दा नेपालका वैदेशिक रोजगार व्यवसायीहरुले बिदेशका अभ्यासलाई मध्येनजर गर्दै नेपालले फ्री भिसा फ्री टिकटको नीति परिवर्तन गरेर एक महिनाको तलब सेवा शुल्क बापत लिन पाउनुपर्ने नियम ल्याउन माग गर्दै आएका छन् । उनिहरुको माग अनुसार नीति ल्याउने हो भने वैदेशिक रोजगारमा जाने नेपालीहरुले आफ्नो तलब जति छ त्यसै अनुसारको रकम सेवा शुल्क बापत म्यानपावरलाई तिरेर विदेश जान पाउनेछन् । 

यहाँ बैदेशिक रोजगारमा कामदार पठाए वापत लिन पाउने सेवा सुविधाबारे एसियाली मुलुकहरुको अभ्यास के छ थाहा पाउनुहोस्: 

नेपाल:

क) दक्षिण कोरिया प्रति कामदार: ९९८ अमेरिकी डलर (करिब एक लाख २० हजार ४२८ नेपाली रुपयाँ, हवाई टिकट लगाएतका शिर्षकमा कामदारले तिर्ने गरेको)

ख) ईजरायल प्रति कामदार करिबः एक लाख २५ हजार (हवाई टिकट कामदार आफैले काट्न पर्ने हुँदा मूल्य अनुसार बढी पनि लाग्न सक्ने) 

ग) खाडीका ६ राष्ट्र (बढीमा १० हजार लिन पाउने), मलेसिया (निशुल्क) 

भारतः 

सन १९८४ मा सेवा शुल्क बापत ४५ दिनको तलव बराबरको रकम वा बढीमा नेपाली ३२ हजार रुपयाँ मध्ये जुन कम हुन आउँछ सोही रकम लिने गरेको । २०१७ मा थप भारतीय रुपया १० हजार (नेपाली १६ हजार रुपयाँ) गरि ४८ हजार नेपाली रुपयाँ र २०२१ मा पुन: थप नेपाली रुपयाँ ८ हजार समेत जम्मा गरि नेपाली रुपया ५६ हजार म्यानपावरले लिन पाउने व्यवस्था रहेको र साथै टिकट कामदार आफैले काटेर जाने व्यवस्था समेत रहेको छ ।

श्रीलंका: 

नेपाली रुपयाँ ६ हजार २३०/- मा १३ प्रतिशत भ्याट । त्यसमा अर्को २ प्रतिशत कर जोडेर हुन आउने रकमको ७० प्रतिशत रकम सेवा शुल्क बापत लिन पाउने र प्रशाशनिक खर्च बापत थप तीनसय अमेरिकी डलर स्थानीय म्यानपावरलाई तिर्ने गरेको ।

बंगलादेशः 

सेवा शुल्क र टिकट बापत बढिमा ८७ हजार टाका (एक लाख ७ हजार नेपाली रुपयाँ)  म्यानपावरलाई तिर्ने गरेको । 

पाकिस्तानः 

सेवा शुल्क, भिषा र टिकट लगाएतका अन्य खर्च कामदार स्वंयमले खर्च गरी करिब ४ महिना बराबरको तलब त्यहाँको स्थानिय म्यानपावरजरुलाई तिर्ने गरेको ।

फिलिपिन्सः 

एक महिनाको तलब बराबरको रकम कामदारले त्यहाँका स्थानीय म्यानपावर कम्पनीहरुलाई तिर्ने गरेको । भिषा शुल्क, दुई तर्फी हवाई टिकट रोजगारदाता कम्पनीले दिने व्यवस्था गरेको । कामदारले प्राबिधिक सिक्षा तथा सिप बिकास प्राधिकरणको मुल्याङ्कन तालिम पास गर्न र Overseas workers Welfare Administration को सदस्यता शुल्क बापत जम्मा ३७० देखि १३०० डलरसम्म छुट्टै रकम खर्च गर्नुपर्ने हुन्छ । डकुमेन्ट प्रोसेसिङ शुल्क थप १०० अमेरिकी डलरसम्म स्थानीय म्यानपावरलाई तिर्ने गरेको छ ।

भियतनाम:

१ महिनाको तलब बराबरको रकम स्थानीय म्यानपावरले सेवा शुल्क बापत लिने गरेको ।

ईन्डोनेसिया: 

भिषा शुल्क र हवाई टिकट गरि म्यानपवार कम्पनीले कामदार पठाउदाँ १,३०० अमेरिकी डलर लिने गरेको ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो