झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो ।"/>
2026-07-04 11:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

श्रम स्वीकृति लिने बेला तिरेको त्यो १५ सय मैले माया मार्न सकिन, कसले फिर्ता देला ?

✍️महेश्वर नेपाल |

झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो ।

गएको जनवरी २० तारिखमा मेरो आफन्तको  पुनः श्रम स्वीकृति  लिइदिने क्रममा कनेक्ट आइपिएसको च्यानल प्रयोग गरेँ । पहिलेजस्तो श्रम स्वीकृति गर्न पनि कार्यालय धाउन नपर्ने र पैसा पनि कनेक्ट आइपीएस, इसेवाजस्ता माध्यमको प्रयोग गर्न मिल्ने सरकारी व्यवस्था नै छ ।

जसअनुसार मैले पनि श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा कनेक्ट आइपीएसमार्फत १५ सय रुपैयाँ भुक्तानी गरेको थिएँ । 

तर, तिन दिनसम्म पनि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली फेमिस सिस्टममा रकम जम्मा गरेको भौचर अपडेट भएन । मेरो रकम काटिइसकेको छ तर सिस्टममा पैसा तिरेको नदेखिएपछि मैले वैदेशिक रोजगार कार्यालय ताहचलमा फोन गरेँ ।

त्यहाँको कर्मचारीले आइटी शाखामा फोन ट्रान्सफर गरिदिए । आइटीमा कुरा गर्दा कनेक्ट आइपिएसमार्फत भुक्तानी गरिएको रकमको भौचर फेमिसको साइटमा अपडेट नहुने भएकाले खल्ती या इसेवामार्फत रकम भुक्तानी गर्नुहोस् भन्नुभयो ।

मैले पुनः इसेवाबाट रकम तिरेर मेरो आफन्तको पुनः श्रम स्वीकृति लिइदिएँ । श्रम स्वीकृति प्राप्त भयो । तर मैले यसअघि तिरेको १५ सय रुपैयाँ बाँकी नै थियो ।

मैले कनेक्ट आइपिएसमा फोन गरेर आफ्नो समस्या बताएँ र इमेल गरेँ । कनेक्ट आइपिएस टिमले त्यो इमेल वैदेशिक रोजगार विभागको सूचना अधिकारीलाई फरवार्ड गरिदिए । 

मैले ताहाचल कार्यालयमा कनेक्ट आइपिएसमार्फत तिरेको पैसो कहाँबाट फिर्ता पाउँछु भनी सोध्दा उहाँहरूले यकिन जवाफ दिन सक्नु भएन ।

यताबाट उता, अनि फेरि उताबाट यता फोन ट्रान्सफर गर्ने मात्र काम भयो । मैले वैदेशिक रोजगार विभागमा फोन गरेँ । त्यहाँका महानिर्देशकसँग पनि पैसा फिर्ता कहाँबाट  फिर्ता हुन्छ भनेर साधेँ । तर उहाँले पनि यकिन जवाफ दिन सक्नुभएन । 

फेरि पनि आइटी शाखाका प्रमुखको नम्बर दिनुभयो आइटी शाखाका प्रमुखसँग बुझ्दा उहाँलाई पनि थाह रहेनछ र वैदेशिक रोजगार बोर्डमा फोन गर्न भन्नुभयो । मैले बोर्डमा फोन गरेँ । बोर्डका जिम्मेवार व्यक्ति पनि नयाँ नयाँ भएको भन्दै पुराना एक कर्मचारीलाई फोन दिनुभयो ।  ती पुराना कर्मचारीले मेरो फोन नम्बर मागे र बुझेर खबर गर्छु भने । तर आजका मितिसम्म उहाँको फोन आएको छैन । 

छ  महिना बित्यो तर न कसैले इमेलको रेस्पोन्स गर्छन् न यसो गर्नुहोस् भनेर बताइदिन्छन् ।  यस बिचमा कनेक्ट आइपिएसले फोन गरेर केही रेस्पोन्स आएमा खबर गछौं भनेको छ । 

केही सीप नलागेर गत हप्ता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको श्रम कल सेन्टरमा व्हाटस एप मार्फत सबै विवरणसहित मेसेज गरेँ । ११४१ नम्बरमा फोन पनि गरेँ । कल सेन्टरको टिमले फोन गरे र मेरो त्यो १५ सय रुपैयाँ पैसा फिर्ता नहुने बताए । 

त्यसपश्चात् मैले के कति कारणले पैसा फिर्ता नहुने र त्यसो भन्ने कर्मचारीको नाम पाउँ न भनेर सोधेँ । कल सेन्टरका कर्मचारीले थप बुझेर जानकारी गराउँछु भनेर भन्नुभयो । तर आज २ महिना बितिसक्यो फोन आएन ।

त्यसपछि कल सेन्टरको टिमले हामी थप जानकारी लिएर खबर गर्छौ भन्नुभएको पनि आज महिना दिन बित्न लाग्यो । तर फोन आएको छैन । 

यति सानो कुरा किन श्रम सचिवलाई फोन गर्नु  भनेर सरकारका सम्बन्धित निकायमा इमेल गरेँ । तर कसैले पनि इमेलको जवाफ दिनुभएन । अन्त्यमा श्रम सचिवलाई बाध्य भएर आफ्नो समस्या राखेँ । 

उहाँले भर्खरै सरुवा भएर ताहाचल कार्यालयको जिम्मेवारी सम्हाल्नुभएकी पार्वती अर्यालको नम्बर दिनुभयो । उहाँलाई दुई पटक फोन गरेँ तर उठेन । व्हाटसएपमा एउटा मेसेज गरेँ तर त्यसको पनि जवाफ केही आएको छैन । 

कुरो १५ सयको हो । यती रकम त हो नि भनेर मनले माया मार्न दिएको छैन । पैसाको भन्दा बढी त सरकारी सिस्टम देख्दा दिक्क लागेको छ ।

श्रमिकले यस्तो सानो समस्याको समाधान खोज्न खै कहाँ कहाँ जानुपर्छ होला ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै