2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावरद्वारा मलेसियाको डिमाण्डमा बिचौलिया निषेधको नाटक !

जेठ १७, काठमाडौँ । फ्री भिसा फ्री टिकट भन्दै मलेसियाको डिमाण्डको विज्ञापन दिएको काठमाडौँ स्थित मेरिडियन ओभरसिजमा रोजगारको प्रक्रियामा पुग्नेहरुलाई डिमाण्ड आएकै छैन भन्दै म्यानपावरले फर्काउने गरेको गुनाशो आईरहेका छन् । म्यानपावरले बिचौलिया निषेधित डिमाण्ड भन्दै बिज्ञापन दिने तर सिधा जोडिन चाहेकाहरुलाई सूचना लुकाउने गरेको पाइएको छ । 

उक्त म्यानपावर कम्पनीले वैदेशिक रोजगार बिभागबाट पुर्व स्वीकृति नम्वर २८६४८२ मा स्वीकृति लिएर जेठ १७ गते अन्तर्वार्ता हुने भनि बिज्ञापन गरेपनि यो मिति अगावै सम्बन्धित म्यानपावरमा डिमाण्डबारे जानकारी लिन पुगेका युवाहरुलाई डिमाण्ड छैन भन्दै फर्काउने गरिएको गुनाशोहरु आएका छन् । 

म्यानपावरले जारी गरेको बिज्ञापन अनुसार मलेसिया स्थित Nationgate Solution (M) SDN BHD कम्पनीमा रोजगारको लागि २२० जानाको माग भईआएको छ । म्यानपावरले यस डिमाण्डमा जाने कामदारहरुले कुनै लागत तिर्नु नपर्ने समेत बिज्ञापनमा उल्लेख गरि बिज्ञापन जारी गरेको छ । जारी बिज्ञापनमा बिचौलियालाई समेत निषेध गरिएको भनिएको छ । तर सिधै बिज्ञापन हेरेर म्यानपावर पुगेकाहरुलाई म्यानपावरले फिर्ता पठाउने गरेको पाइएपछि यो म्यानपावरको गतिबिधि संकास्पद देखिएको छ । 

बिज्ञापन दिएर प्रक्रियामा गएकाहरुलाई फर्काएको मात्र यस म्यानपावरको समस्या होइन । यसका अलावा यस म्यानपावरको मुख्य समस्या अर्को पनि छ । यस म्यानपावरले बिज्ञापन हेर्नेहरुलाई सिधै म्यानपावरमा जोडिने गरि सहज कुनै बिकल्प समेत नदिएर बिचौलियाहरुसँग मात्र खेल्नेगरि संकास्पद क्रियाकलाप गरिरहेको पाइएको छ । यस म्यानपावरले बिज्ञापनमा जारी गरेको दुई टेलिफोनमा दुवै फोन लाग्दैनन् । जारी बिज्ञापनमा ल्याण्डलाइनका दुई फरक नम्बरहरु छन् । दुवै फोनमा सम्पर्क गर्दा रजिस्टर गरिएको छैन भन्ने जानकारी प्राप्त भईरहेको छ । म्यानपावरले जारी गरेका सम्पर्क नम्वरहरु ०१४३९०४६३ र ०१४३९०४६४ दुवै फोन लाग्दैनन् । 

जारी बिज्ञापनमा यसका अलावा इमेल तथा म्यानपावरको वेबसाइट समेत सार्वजनिक छैन । यस म्यानपावरको बिज्ञापन हेरेकै आधारमा म्यानपावर धाएकाहरुले समेत म्यानपावरबाट फर्काईदिएको गुनाशो गरेका छन् । 

पछिल्लो समय यस्तै खाले गतिबिधि गर्ने धेरै म्यानपावरहरु छन् । कामदारसँग सिधै जोडिन नचाहने तर बिचौलियाहरुसँग सक्रिय रहने म्यानपावरहरुको कारण वैदेशिक रोजगार क्षेत्रमा बेथिति बढ्दै गईरहेका छन् । यस सम्बन्धमा वैदेशिक रोजगार बिभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । वैदेशिक रोजगार बिभागले म्यानपावरहरुले गर्ने यस्ता क्रियाकलापको सम्बन्धमा बिभागलाई सोझै इमेलहरु [email protected], [email protected] र [email protected] मा जानकारी दिन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन