2026-10-15 04:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न नयाँ कदम चाल्दै विभाग

जेठ २२, काठमाडौँ | वैदेशिक रोजगारीमा हुने ठगीका घटना न्यूनीकरण गर्न सरकारले विभिन्न विकल्पहरू खोज्न थालेको छ । ठगीबाट पीडितहरूलाई सहज र छिटो छरिता तरिकाले न्याय पाउने उद्देश्यले सरकारले थुप्रै खालका विकल्पहरू अघि सार्दै आएको छ । वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिने, अनलाइनमार्फत उजुरी दिन सकिने, सामाजिक सञ्जालमाथि निगरानी बढाउने लगायतका कार्य बढाउन लागेको हो ।

विभागका महानिर्देशक मदन दाहालले अर्को हप्तादेखि प्रभावकारी अनुगमन थालिने बताए । हाल तीन जना निर्देशकको नेतृत्वमा अनुगमन समिति बनेका छन् । महानिर्देशक दलालले अर्को हप्तादेखि तीनै टोलीलाई परिचालन गरेर अनुगमन थालिने बताए । त्यस्तै अनलाइनमार्फत समेत उजुरी दिन मिल्ने व्यवस्था गर्न लागिएको छ । विभागले हाल अनलाइन मार्फत श्रम स्वीकृत, पुनः श्रम स्वीकृतिको मात्र काम गर्दै आएको छ । वैदेशिक रोजगारीसम्बन्धी आउने उजुरीलाई समेत अनलाइन मार्फत नै दिन मिल्ने बनाउन लागिएको महानिर्देशक दाहालले बताए । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत श्रम सम्बन्धी काम हुँदै आएको छ ।

‘फेसिम २०६४ पछि बनेको पुरानो सिस्टम हो । अब हामीले के गर्न खोजेका छौँ भने रोजगार सेवा प्रणाली सहज बनाउन भनेका छौँ । तर, विद्यमान रहेको सफ्टवेयर हार्डवेयरले त्यो धान्दैन । त्यसका लागि हामीसँग बजेटको अभाव छ । अस्ति मात्रै बोर्डको बैठक बसेको थियो । बोर्डले सफ्टवेयरका सहयोग गर्छौ भनेका छन्,’ महानिर्देशक दाहालले भने ।

फेमिसलाई सुधार गरेर अनलाइनबाटै उजुरी गर्न सकियो भने ठगी नियन्त्रणमा सहयोग पुग्ने उनको भनाई छ । ‘सबै कुरालाई सिस्टमबाटै लैजाने र त्यही आधारमा अगाडि बढ्ने भन्ने छ । जससम्म हामी प्रणालीगत सुधार गर्न सक्दैनौँ, तबसम्म जतिसुकै गफ गरे पनि सुधार हुनेवाला छैन,’ उनले भने ।

अहिले संस्थागतभन्दा बढी व्यक्तिगत रूपमा ठगीका घटना आइरहेको उनको भनाई छ । कन्सल्टेन्सीबाट हुने ठगीका घटना समेत दिनप्रतिदिन बढिरहेको महानिर्देशक दहालले बताए । ठगीको अर्को कारण १० हजार रुपैयाँ सेवा शुल्क समेत भएको विभागको ठहर छ । यसलाई व्यवस्थित गर्न सकियो भने ठगी नियन्त्रणमा थप सहयोग पुग्ने उनको भनाई छ ।

हाल आफ्नो कार्यालयको ९० प्रतिशत समय ठगीका घटना मिलाउनमै जाने गरेको भन्दै यसलाई व्यवस्थित गर्न सकियो अन्य कामतर्फ केन्द्रित हुन सकिने बताए । विभागमा मेलमिलाप कक्ष समेत राखिएको छ । जहाँ वैदेशिक रोजगारी व्यवसायी संघ र विभागका अधिकारी हुन्छन् । त्यस्तै पीडित र मेनपावर व्यवसायी समेत आएर छलफलको माध्यमबाट अधिकांश घटना मेलमिलाप गराउँदै आएको उनको भनाई छ ।

विभागले ठगी नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउन सुरक्षा व्यवस्था समेत माग गरेको छ । डिएसपीको कमान्डमा प्रहरी खटाउन लागिएको र त्यसका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन