2026-09-03 10:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेत पठाइदिने भन्दै एजेन्टले युवतीलाई पुरै सरीरको फोटो पठाउन भन्यो के गर्ने ?

जेठ २३, काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत बिभिन्न समस्याका विषयमा जिज्ञाशाहरु आउने गरेका छन् । वैदेशिक रोजगार एप मार्फत ‘समस्या तथा गुनाशो’ राख्दै एक युवाले राखेको जिज्ञाशामा हामीले प्रतिक्रिया यसरी पठाएका छौं । 

‘सर्वप्रथम त महिलाहरु वैदेशिक रोजगारमा जाँदा एजेन्टको पछि लाग्नै हुँदैन । एजेन्टको पछि लाग्नै परे पनि प्रक्रिया सुरु गर्नुअघि कुन म्यानपावरसँग जोडिएर पठाउने हो, जोडिएको म्यानपावर नेपाल सरकारद्वारा स्वीकृति प्राप्त म्यानपावर हो कि होइन निश्चित हुन www.dofe.gov.np मार्फत निश्चित गर्न सकिन्छ । म्यानपावर निश्चित भएपछि उक्त म्यानपावरले सम्बन्धित देशमा पठाउने कोटा ल्याएको छ कि छैन म्यानपावरमै पुगेर निश्चित गर्ने गर्नुपर्छ । उक्त कोटा नेपाल सरकारले स्वीकृति दिएको छ कि छैन भन्ने कुरा www.dofe.gov.np मै गएर लट नम्वर अनुसार चेक गर्न सकिन्छ । सबै कुरा चेक गरेपछि बल्ल रोजगारको प्रक्रियाको लागि अगाडी बढ्न सकिन्छ । कामको प्रकृति अनुसार रोजगारदाताले मागेको हो भने त्यसै अनुसारको कागजात र फोटो पठाउन सकिन्छ । साथै भिसा टिकट प्राप्त भईसकेपछि श्रम स्वीकृति पाए/नपाएको चेक गर्न www.dofe.gov.np बाटै निश्चित गर्न सकिन्छ । श्रम स्वीकृति चेक गर्दा आफ्नो श्रम स्वीकृतिमा सम्बन्धित म्यानपावरको नाम पनि उल्लेख हुनुपर्छ । सबै प्रक्रिया पुरा गरेर वैदेशिक रोजगारमा जाँदा पछि आउन सक्ने सम्भावित समस्याको धेरै कमि गर्न सकिन्छ । समस्या आईहाले पनि वैदेशिक रोजगार बिभागमा सहजै उजुरी गर्न सकिने र सहज रुपमा समस्या समाधान पाउन सकिन्छ ।’ 

नेपाली महिलाहरु वैदेशिक रोजगार जाँदा सरकारले तय गरेको प्रक्रिया पुरा नगर्ने, एजेन्टहरुसँग जोडिएर भारतको बाटो हुँदै रोजगारमा सम्बन्धित मुलुकमा पुग्ने लगायत समस्याको कारण वैदेशिक रोजगारको नाममा बेचिएको समेत पाइएको छ । महिलाहरुको सारीरिक बनावटको फोटो पठाउन लगाउने, शैक्षिक योग्यता, काममा दक्षतालाई वास्ता नगरी सारीरिक अवस्था मात्र नियाल्ने रोजगारदाताबाट भविष्यमा समस्या पर्न सक्ने विषयलाई सिधै बुझ्न सकिन्छ । कहिले काही रोजगारदाताले कामको प्रकृति अनुसार स्मार्ट महिला कामदार खोज्नु स्वभाविक हुन सक्छ तर स्मार्ट खोज्दा भाषा र योग्यता पनि उत्तिकै प्राथमिकता दिएको हुन्छ । 

महिलाहरु वैदेशिक रोजगारमा जाँदा एजेन्ट वा म्यानपावरसँग जोडिएदेखि श्रम स्वीकृतिको अवस्थासम्मको चरणलाई विशेष ख्याल गर्नुपर्छ । साथै सरकारको वैदेशिक रोजगार प्रक्रिया पुरा गरेर मात्र वैदेशिक रोजगारमा जानु पर्छ । 

अन्जान अवस्थामा व्यक्तिगत श्रम स्वीकृति, भिजिट भिसा र भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जानु महिलाहरुको लागि ठूलो समस्याको कारण बन्छ । अवैधबाटोबाट विदेशी भूमिमा पुर्याउनमा एजेन्टहरुकै सक्रियता हुन्छ । विदेशी भूमिमा यौनजन्य क्रियाकलाप देखि काम गर्ने ठाउँमै पनि सारीरिक सोषणको सिकारमा पर्न सकिने अवस्था आउन सक्ने हुँदा अवैधानिक बाटोबाट वैदेशिक रोजगारमा नजान सरकारले चेतावनी समेत दिदै आएको छ । कतिपय नेपाली चेलीबेटी एजेन्टको प्रभावमा भारत तथा तेश्रो मुलुकको बाटो हुँदै बिदेशी भूमिमा बेचिने गरेको समेत पाइएको छ । यसरी अवैध रुपमा गएर बेचिएकाहरुलाई सहजै नेपाल उद्दार गर्न समेत नसकिने अवस्था हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ