2026-10-15 04:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

क्रोएसिया, माल्टा र रोमानिया पठाइदिने भन्दै बिज्ञापन गर्ने कन्सल्टेन्सीमा छापा (भिडियो सहित)

जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभाग ताहाचलले कलंकीस्थित एक एजुकेसनल कन्सल्टेन्सीमा आकस्मिक छापा मारेको छ । 

शैक्षिक परामर्शको उदेश्य लिएर खोलिएको कलंकी स्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिले सामाजिक संजाल मार्फत वैदेशिक रोजगारको प्रलोभनमा बिज्ञापनहरु प्रकाशन गरेको भेटिएपछि छापा मारिएको कन्सल्टेन्सीले जानकारी दिएको छ । बिभागले आफैले सामाजिक संजालमा उक्त कन्सल्टेन्सीले अवैध क्रियाकलाप गरेको भेटेको जानकारी दिएको छ । छापा मार्ने क्रममा उक्त कन्सल्टेन्सीबाट माल्टा, क्रोएसिया र रोमानिया रोजगारमा पठाउने विवरणहरु बरामद भएको छ । 

बिभागका अनुसन्धान अधिकृत धर्मराज लम्साल नेतृत्वको टोलीले उक्त कन्सल्टेन्सीमा छापा मार्ने क्रममा तीन थान डिमाण्डको फाइल, तीन थान ल्यापटप र एक थान रकम लिएको उल्लेख गरिएको रसिदको प्याड बरामद गरि बिभागमा अनुसन्धानको लागि ल्याएको छ । उक्त कन्सल्टेन्सीलाई पैसा बुझाएर वैदेशिक रोजगारमा जान प्रलोभनमा परेकाहरुले बिभागमा आई उजुरी दिन समेत वैदेशिक रोजगार बिभागले पीडितहरुलाई आग्रह गरेको छ । 

बिभागका अनुगमन अधिकृत धर्मराज लम्सालले पछिल्लो समय वैदेशिक रोजगारको प्रलोभनमा बिभिन्न अवैध कन्सल्टेन्सीको सक्रियता बढ्दै गएको प्रति बिभागको चासो बढेको बताएका छन् । कन्सल्टेन्सीहरुले टिकटक तथा फेसबुकको प्रयोग गरि अन्धाधुन्द अवैधानिक सूचना दिएको बिषयमा बिभागले नियमित कारवाही गर्ने लम्सालले चेतावनी दिएका छन् । उनका अनुसार छापा मारिएको कन्सल्टेन्सीले कम्तिमा ५० हजारदेखि एक लाख अग्रिम अशुली गर्ने प्रमाण समेत फेला परेको जनाएका छन् । 

आइतबार वैदेशिक रोजगार बिभागका महानिर्देशक मदन दाहालले सामाजिक संजालमा गरिएको अवैध बिज्ञापनप्रति बिभागको ध्यानाकर्षण भएको भन्दै त्यसखाले प्रवृति बिरुद्ध कदम चालिने बताएका थिए । महानिर्देशक दाहालले वैदेशिक रोजगारको प्रलोभनमा हुने सबैखाले बेथितिलाई नियन्त्रण गर्न बिभाग सक्रिय हुने बताएका छन् । 

सम्बन्धित भिडियो हेर्नुहोस् 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन