2026-10-15 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता

जेठ ३१, काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता भएको क्वालालम्पुरस्थित नेपाली दूतावास जानकारी गरिएका छन् | 

मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई दूतावासले आग्रह गर्ने गरेको छ।

नेपाली दूतावासले यो हप्ता मात्रै दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको छ।

दूतावासका अनुसार बेपत्ता हुनेमा गुल्मी स्थायी निवासी कृष्णबहादुर विक र धनुषा स्थायी निवासी मो. कुर्मान सेख रहेको बताए। दूतावासले बेपत्ता नेपालीको खोजीकार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

विगत आठ वर्षदेखि मलेसियामा रहेका बिक घरपरिवार तथा साथीभाइसँग सम्पर्कविहीन थिए।बिकको मानसिक अवस्था ठिक नभएकोले उनलाई देख्ने तथा भेट्नेले नेपाली दूतावासमा जानकारी गराउन भनिएको छ। दूतावासले ०१६-२४७२७७७ नम्बर सम्पर्क गरेर दूतावासलाई जानकारी गराउन अनुरोध गरेको हो।

यस्तै बेपत्ता भएका अर्का कुर्मान सेख पनि २०१७ मा नेपालदेखि मलेसियामा पुगेका हुन्। त्यहाँ पुगेको केही समयपछि नै कम्पनी छोडेर अवैधानिक रुपमा बस्दै आएका थिए। उनले आफू अवैधानिक रुपमा बस्दै आएको जानकारी परिवार तथा साथीभाइलाई गराएका थिए। एक वर्षदेखि उनी पनि परिवारको सम्पर्कमा नरहेकाले खोजी गरिदिन त्यहाँ रहेका विभिन्न संघ संस्थालाई दूतावासले अनुरोध गरेको हो।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध तरिकाले बस्ने, व्यवहारजन्य समस्यालगायतको कारण नेपाली जेल पर्ने गरेका छन्।

दूतावासले मलेसियामा रहेका सबै नेपालीलाई कुनै पनि कानुनको उलङ्घन नगर्न अनुरोधसमेत गरेका छन्। कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने हुँदा समयमा जानकारी गराउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन