2026-10-15 04:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतमा तीन महिनादेखि ११ नेपाली महिला अलपत्र

असार १, काठमाडौँ | वैदेशिक रोजगारीका लागि तीन महिना अघि कुवेत पुगेका ११ जना नेपाली महिला अलपत्र परेका छन् । मकवानपुर, काभ्रे, झापा, दाङ लगायतका जिल्लाका उनीहरू तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् । 

बत्तिस पुतलीमा रहेको ब्लु ओसियन रिक्युटमेन्टमार्फत तीन महिना अघि पुगेका कुवेत पुगेका उनीहरूमध्ये ५ जना कामै नपाएर बस्न बाध्य भएका छन् । एक मस्जिदमा क्लिनरको रूपमा काम गर्दै आएका ६ जनाले समेत तीन महिनामा भनेअनुसार तलब नपाएको गुनासो गरेका छन् । 

नेपालबाट सम्झौताअनुसार तलब नदिएपछि घर फर्काउन अनुरोध गर्दै आएका उनीहरूलाई कम्पनीले घर फर्काउन आनाकानी गर्दै आएको छ ।  सम्झौतामा मासिक ११० कुवेती दिनार तलब दिने भनेर उनीहरूलाई पठाइएको थियो । तर, अहिले पहिलो महिनामा ५५ कुवेती दिनार र दोस्रो महिनामा ७५ कुवेती दिनार मात्र तलब दिएको एक महिलाले जानकारी दिइन् । 

‘म नेपाल जान्छु भन्दा जान दिएको छैन । काममा जाँदिन भन्दा पनि जबरजस्ती काममा लैजाने गरेको छ । जान नमान्दा गाली गर्छ । झम्टेलाझै गर्छन् । दैनिक ८ घण्टा काम गर्नुपर्ने भने लगेको थियो । अहिले १२ घण्टासम्म काममा लगाउँछन् ।’ ती महिलाले भनिन् ।  त्यसरी जानेहरुले कोहीले १ लाख ५० हजार तिरेर गएको बताएका छन् भने कोहीले १ लाख ८० हजारसम्म तिरेको बताएका छन् । 

नेपालस्थित म्यानपावर कम्पनीले आज भोलि भन्दा भन्दै टार्दै आएको उनीहरूको भनाई छ ।  ‘पहिलो महिनामा ५५ केडी तलब आउँदा हामीले मेनपावरको दाईसँग कुरा गर्यौं । अर्को महिना राम्रो तलब आउँछ होला कुर्नु भनियो,’ ती महिलाले भनिन्, ‘दोस्रो महिना झन कम दियो । यसरी हामी काम गर्न सक्दिन घर फर्काईदिनुपर्यो भनेको आज भोली भन्दा भन्दै झुलाइरहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन